Techie IT
Friday, December 19, 2025 | शुक्रबार, पुस ४, २०८२
२०८२ पुस ४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रलेखा समिति सभापति पनि मुछिए सहकारी ठगीमा, श्रीमती सञ्चालकहुँदा १४ करोड हिनामिना

लेखा समिति सभापति पनि मुछिए सहकारी ठगीमा, श्रीमती सञ्चालकहुँदा १४ करोड हिनामिना


काठमाडाैं । आर्थिक हिनामिनाबारे छानबिन गर्नका लागि गठन गरिएको संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी श्रीमती अन्जना कोइराला पनि सहकारी ठगीमा मुछिएका छन् ।

उनीहरु सहकारीको करीब १४ करोड रुपैयाँ अपचलन प्रकरणमा मुछिएका हुन् । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करीब १४ करोड रुपैयाँ ऋण लिएको देखिन्छ । तर त्यो ऋण कहाँ गयो भन्ने हिसाबकिताब छैन ।

यहाँ यही रकम नै अपचलन भएको हो । उमागौरी सहकारीबाट भएको उक्त करोडौं ठगीमा मोरङ–२ बाट निर्वाचित सांसद तथा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र उनकी श्रीमती जोडिएका हुन् । कोइराला २०७८ सालसम्म उक्त सहकारीको सञ्चालक थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

रास्वपाको समानुपातिक सांसद बन्न ३५३ आकांक्षी

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवारहरु तय गर्ने प्रक्रिया थालेको छ । पार्टीले गरेको आह्वानमा सातै प्रदेशबाट इच्छुक

रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने

रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त भएका छन् । र, उनले फागुन २१ मा हुने चुनावमा उम्मेदवार हुन पनि पाउने भएका

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT