Techie IT
Thursday, December 25, 2025 | बुधबार, पुस ९, २०८२
२०८२ पुस ९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र२० मिटर प्रकरणमा ओलीलाई बालेनको जवाफः उहिलै मरिन् सासु, अहिले आए आँशु

२० मिटर प्रकरणमा ओलीलाई बालेनको जवाफः उहिलै मरिन् सासु, अहिले आए आँशु


काठमाडौं । काठमाडौंका नदी आसपास २० मिटर छाड्ने विषयमा अदालतले गरेको फैसलालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरका मेयर बालेन शाहबीच दोहोरीनै चलेको छ ।

सवाल–जवाफको निरन्तर शृङ्खलाअन्तर्गत मेयर शाहले बुधबार पनि फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका छन् । मेयर शाहले काठमाडौंका नदी किनार थप २० मिटर कायम गर्नेबारे सर्वोच्च अदालतले दिएको आदेशमा अवसरवादी चरित्र कायम हुन थालेकोसमेत आरोप लगाएका छन् ।

उनले ५ वर्षअघि नै सर्वोच्चले गरेको आदेशमा अहिले आएर प्रधानमन्त्री लगायतका व्यक्तिहरूले असहमति जनाउनु र सर्वोच्चको आदेश पालना नगर्ने भनेर अडान कस्नुले ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्ने नेपाली उखान चरितार्थ भएको पनि बताएका छन् ।

उनले भनेका छन्-

म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनु भन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे आदेश जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो। त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । तर त्यतिबेला प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन्। यसको अर्थ हो, त्यो फैसलामा यीमध्ये कसैको असहमति रहेन। हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन। या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ। उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ ।

बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

Techie IT