Techie IT
Saturday, August 2, 2025 | शनिबार, साउन १७, २०८२
२०८२ साउन १७, शनिबार
swarnapatra logo
गृहपृष्ठविचार/साहित्यरास्वपा सांसद तोषिमा कार्की गम्भीर पारिवारिक पीडामा

रास्वपा सांसद तोषिमा कार्की गम्भीर पारिवारिक पीडामा


काठमाडौं । रास्वपाकी सांसद तोषिमा कार्की गम्भीर पारिवारिक पीडामा परेकी छन् । कार दुर्घटनामा बा–आमानै गम्भीर घाइते भएपछि उनी पीडामा परेकी हुन् । उनले रास्वपाले रुपन्देहीमा राखेको संसदीय दलको बैठकमा सहभागी हुन नसक्नुको कारण बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो अवस्था बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्– नमस्कार सबैमा । रुपन्देहीमा भइरहेको संसदीय दलको बैठकमा अनुपस्थितीको समाचारहरू बनाउन भ्याइसक्नुभएछ। व्यक्तिगत र पारिवारिक विषय सामाजिक सञ्जालमा नराखौं सोचेको थिएँ तर यहाँहरुबाट टिकाटिप्पणी र संकास्पद प्रश्न नै सुरु भएपछि मैले भन्न कर लाग्यो।

म अमेरिकाको भ्रमणबाट नेपाल फर्कने बित्तिकै, करिब १५ –१८ दिन अगाडि मेरो बुवा र आमा दुवै जनाको कारमा ठूलो दुर्घटना भयो। कारको चारवटै एयरब्याग निस्कने गरी, रातिको समयमा त्यहाँका स्थानीय युवाहरूले कारको ढोका फोडेर बुवाआमालाई उद्धार गर्नुभएछ र प्रहरीले बुवाआमालाई अल्का अस्पताल पु¥याउनुभएको रहेछ।

म अस्पताल पुगेर, आकस्मिक उपचारपछि थप उपचारको लागि बुवा आमालाई पाटन अस्पतालमा लगि भर्ना गरे र त्यहाँ करिब १० दिन राखेर उपचार गरी घर ल्याएको छु। बुवाको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ। आमाको छातीमा पाँचवटा करङ भाँचिएको र छातीमा रगत जमेको कारणले अझै पनि बेडरेस्टमा हुनुहुन्छ।

म आफू नै सर्जन भएको कारणले मैले आफ्नै निगरानीमा घरमै अस्पतालको बेड र सामग्रीहरू राखेर आमाको थप उपचार गराइरहेको छु। यसै कारणले म यहाँ संसद, सिंहदरबार र काठमाडौँ उपत्यकाभित्रका बैठक तथा कार्यक्रमहरूमा साथै जनता माझ पनि समय मिलाउदै निरन्तर उपस्थित भइरहेकोछु तर काठमाडौँ उपत्यका छाडेर भने अझ केही हप्ता बाहिर जान नसक्ने व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु।

अहिले रूपन्देहीमा भइरहेको बैठकमा म सहभागी हुन नसक्ने कुरा संसदिय दलको नेता, उपनेता, कार्यवाहक सभापति, प्रमुख सचेतक लगायत सम्पूर्ण संसदीय दललाई अवगत नै छ। तर मलाई पटकपटक प्रश्न आउन र टिका टिप्पणी सहित समाचार नै बन्न थालेपछि मैले यहाँहरू सबैमा जानकारी गराउन बाध्य भए।

त्यो रातिको समयमा, त्यस्तो आकस्मिक घडीमा मेरो बुवाआमालाई दुर्घटना भएको कारको ढोका फोडेर बाहिर निकाली उद्धार गर्नुहुने र अस्पताल पुर्याईदिनुहुने युवाहरू तथा प्रहरी साथीहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’

देश र समाजलाई उज्यालो दिशातिर लैजान नेता बन्ने आकांक्षीले यथार्थपरक आत्ममूल्याङ्कन गर्नैपर्छ – म मान्छे बन्न सकेको छु कि छैन?

अखिल अध्यक्षमा सुजन कडरिया नै किन ?

अहिले अखिलको महाधिवेशनले माहोल तातेको छ । यसबीच अध्यक्षका लागि चार आकांक्षीहरु मैदानमा देखिए पनि सुजन कडरियाको संभावना बलियो बन्दै

अखिल महाधिवेशन: अध्यक्षमा दीपक धामीको पक्षमा तात्यो माहोल

एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु) को २४ औं महाधिवेशन आज काठमाण्डौको कीर्तिपुरमा सु्‌रु हुदैछ

लोकतन्त्र दिवस: जनआन्दोलनको उपलब्धि, संविधानको प्रतिफल र समृद्धिको यात्रा

नेपालको इतिहास संघर्ष, बलिदान र परिवर्तनको उचाइमा उभिएको छ। २००७ सालमा राणाशासनको अन्त्यसंगै प्रजातन्त्र स्थापनाको थालनी भयो। त्यसपछि २०१५ सालको

हिक्मतलाई हिम्मत दिने मदन

हिक्मतको यात्रा केवल चुनावी राजनीति होइन। उनले सधैँ संगठनलाई विचार र सेवाको संयोजनको रूपमा लिएका छन्। उनी विश्वविद्यालयभित्र भएका असमानता,

Techie IT