Techie IT
Tuesday, December 30, 2025 | मंगलबार, पुस १५, २०८२
२०८२ पुस १५, मंगलबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रअब खाना पकाउने ग्यास किन्न नागरिकता देखाउनुपर्ने

अब खाना पकाउने ग्यास किन्न नागरिकता देखाउनुपर्ने


काठमाडौं । अब खाना पकाउने एलपी ग्यास किन्न पनि नागरिकता देखाउनुपर्ने भएको छ । किनिक, आयल निगमले घरमा प्रयोग गरिने र व्यवसायमा प्रयोजनार्थ सिलिण्डलाई छुट्याएर मूल्य पनि फरक–फरक बनाउन लागेको छ । र, घरायसी प्रयोजनका लागि ग्यास किन्न नागरिकता अनिवार्य गर्न लागिएको हो ।

निगमले एलपी ग्यासमा धेरै घाटा भइरहेको भन्दै पेट्रोलियम पदार्थबाट पूर्ति भइरहेको बताएको छ । ग्यासमा निगमलाई अहिले प्रतिदिन ३ करोड र मासिकरूपमा १ अर्बभन्दा धेरै घाटा रहेको छ । १४.२ लिटरको ग्यास १ हजार ९ सय १० रूपैयाँमा बिक्री भइरहेको छ । निगमका अनुसार प्रतिसिलिन्डर लागत भने २ हजार २ सय ६ रूपैयाँ रहेको छ ।

निगमले सिलिन्डरमा दुई प्रकारको मूल्य लागू गर्न लागेको हो । जसअन्तर्गत उद्योगलाई लागत मूल्य अर्थात् २ हजार २ सय ६ रूपैयाँमा बिक्री गर्नेछ । भने, उपभोक्ताले भने १ हजार ९ सय १० रूपैयाँमा नै पाउने छन् ।

हाल दैनिक रूपमा करिब १ लाख सिलिन्डर एलपी ग्यास बिक्री भइरहेकोमा ६० प्रतिशतभन्दा धेरै व्यवसायिक प्रयोजनार्थ खपत भइरहेको छ ।

एकजना व्यक्तिले वर्षमा २ वटा ग्यास घरायसी प्रयोजनका लागि थोरै मूल्यमा अर्थात् निगमको लागत मूल्यभन्दा कममा किन्न पाउने छन् । घरमा भएका सदस्य प्रत्येकले दुई सिलिन्डर पाउने छन् ।

निगमका अनुसार साना होटेल वा ग्यास प्रयोग हुने साना उद्योगले पनि लागत मूल्यमा नै ग्यास खरिद गर्नुपर्ने हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

Techie IT