Techie IT
Friday, October 31, 2025 | शुक्रबार, कात्तिक १४, २०८२
२०८२ कात्तिक १४, शुक्रबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रमल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा लाभांश रकम फिर्ता नगरेको पाइएको छ । लामो समयदेखि उक्त सहकारी छाडि सकेका सदस्य विनोद पराजुली, श्रीमती जानुका पराजुली र छोरी बिनु पराजुलीको नाममा रहेको करिब ३२ लाख रुपैयाँ सहकारीले नदिएको पीडित पराजुलीले वताएका छन् ।

सहकारी छाडिसकेपछि पटक–पटक आफ्नो शेयर बचत तथा लाभांश फिर्ताका लागि सबै प्रकृया पूरा गरेर अनुरोध गरेपनि हालसम्म कुनै पनि रकम फिर्ता नगरिएपछि आफूहरु अन्यायमा परेको पराजुली परिवारले बताएको छ ।

पटक–पटकको छलफलमा फिर्ता गर्छु भन्ने सहकारीका वर्तमान अध्यक्ष अनसन शाखले रकम फिर्ता नगरेका मात्रै हैनन्, उनका परिवारका सबै सदस्यहरुको खातानै रोक्का गरीदिएका छन् । सहकारीका अन्य सन्चालक तथा कर्मचारीहरुले रकम फिर्ता गर्न कुनै समस्या नरहेको वताउदै आएपनि अध्यक्ष शाखले बदनियतपूर्वक आफ्नो ठूलो हिस्साको रकम ठगी गर्न खोजेको पराजुलीको आरोप छ ।

पछिल्लोपटक काठमाडौं महानगरपालिकामै भएको दुईपक्षीय छलफलमा पनि अध्यक्ष शाखले तुरुन्तै रकम फिर्ता गर्ने सहमति गरेका थिए । ‘तर बर्षौं बितिसक्यो रकम फिर्ता भएन’, भने ।

अनेकौं प्रयासका बाबजुत पनि रकम फिर्ता नभएपछि आफू मिडिया र कानूनी उपचारको माध्यम लिन बाध्य भएको पराजुली परिवारले वताएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

नेप्सेमा ५.१७ अंकको गिरावट, ५ अर्ब ४५ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१७ अंकले घटेर २ हजार

६२ अंकले बढ्यो नेप्से

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.२९ अंकले बढेको छ । आज नेप्सेमा ४ अर्ब ५७ करोड ३९ लाख

तिहारपछि सुनको भाउमा आयो एक्कासि गिरावट, तोलामै ११ हजार ६…

काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेको छ । मूल्य घटेपछि नेपाल सुनचाँदी व्यवसायी महासंघले

यी १० देशमा थुप्रिए ७५ प्रतिशत सुन, जसकारण विश्व बजार…

काठमाडौं । पछिल्लो समय सुनको भाउले अस्वभाविक रेकर्ड राखिरहेको छ । यसको मुख्य कारण भनेको निश्चित देशमा सुन थुप्रनु र

८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा चार हजार ८०० रुपैयाँले घटेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला दुई लाख

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा…

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको

Techie IT