Techie IT
Tuesday, December 23, 2025 | मंगलबार, पुस ८, २०८२
२०८२ पुस ८, मंगलबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङबालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

रास्वपासँग नजिकिन खोज्दै प्रचण्ड


काठमाडौं । काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री बन्ने पक्कापक्की भएको हो । रवि–बालेन मिल्नुपर्छ भन्ने धेरै नेपालीको भावनाबमोजिम सोमबार राति उनीहरुबीच छलफल भएको थियो । रास्वपा सभापति लामिछाने र बालेनबीच नक्सालस्थित रास्वपा नेता असीम साहको घरमा भेटघाट भएको थियो ।

भेटमा रास्वपा सभापति लामिछानेले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा रास्वपाबाट चुनाव लड्न आग्रह गरेका थिए । लामिछानेको आग्रहलाई बालेनले स्वीकारेको बताइएको छ । यसअघि बालेन र लामिछानेबीच खास मेल थिएन । जेन जी आन्दोलनका बेला रविले जेल तोडेकोप्रति बालेनका समर्थकले कडा आलोचना गरेका थिए ।

अहिले लामिछाने धरौटीमा थुनामुक्त भए पनि मुद्दा किनारा नलागेकाले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको अफर गर्दै पार्टीमा भित्र्याउने नीति लिएको हो । रविले चुनाव लड्न पाए पनि सांसदको सपथ खान नपाउने र प्रधानमन्त्री हुन नपाउने जोखिम भएका कारण पनि बालेनलाई अघि सार्न खोजिएको हो ।

जेन जी आन्दोलनपछि रास्वपा, बालेन, कुलमान घिसिङ र हर्क साम्पाङलगायतका नेताहरु मिलिदिए हुन्थ्यो भन्ने धेरैको चाहना छ । र थुनामु्क्त हुनेबित्तिकै लामिछानेले बढाएको सक्रियता र बालेन सँगको भेटपछि नेपाली राजनीति थप तरंगित भएको छ ।

यससँगै विगतदेखि सत्तामा रजाइँ गर्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेमा तनाव बढेको छ । त्यसैले त उनीहरु जसरी पनि संसद पुनःस्थापना गराउने रणनीतिमा लागेका छन् । त्यसकै प्रयासस्वपरुप सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो । अहिले संसद पुनःस्थापनाको मुद्दा सर्वोच्चमा बहसकै क्रममा छ ।

नेपाली कांग्रेस र एमालेका केही सांसदले त संसद पुनःस्थापनाको पक्षमा हस्ताक्षर नै बुझाएका छन् । यसरी रास्वपाले स्वतन्त्र पक्षधरलाई साथ लिने र कांग्रेस एमालेले संसद पुनस्थापनामा जोड दिँदा प्रचण्ड नेतृत्वको नेकपा भने के कसरी अघि बढ्ने भन्ने अन्योलमा छ ।

यद्यपि, नेकपाले रास्वपासँग नजिकिएर चुनाव लड्न खोजेको संकेत दिएको छ । यद्यपि, अहिलेकै अवस्थामा फागुन २१ गते आमचुनाव हुन कठिन छ । र, त्यतिबेला चुनाव नभए संसद ब्युँतिने सम्भावना प्रबल हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT