Techie IT
Thursday, December 11, 2025 | बिहीबार, मंसीर २५, २०८२
२०८२ मंसीर २५, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङसरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी

सरकार र जेनजीबीचको सहमति मान्य नहुने केपी ओलीको दावी


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र सर्त रहेको बताएका छन्। उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनस्र्थापना आवश्यक रहेको बताएका छन् ।

अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रतिनिधिहरूको संस्था प्रतिनिधिसभा विघटनको कुनै अधिकार नरहेको बताउँदै उनले संविधान र लोकतन्त्र रक्षाका लागि पनि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य रहेको बताए । उनले सरकार र जेनजीहरुबीच बुधबार भएको १० बुँदे सहमति मान्य नहुने बताएकाछन् ।

सुशीला कार्की नेतृत्वको वर्तमान सरकारका कुरा कसैले नसुनेको दाबी गर्दैै अध्यक्ष ओलीले लोकतान्त्रिक व्यवस्था र प्रणालीमाथि कसैसँग सम्झौता नगर्ने उल्लेख गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT