Techie IT
Monday, July 20, 2026 | सोमबार, साउन ४, २०८३
२०८३ साउन ४, सोमबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रडिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य

डिजेल-पेट्रोल सवारीलाई विद्युतीयमा रूपान्तरण गर्ने तयारी, सरकारको निर्णय स्वागतयोग्य


काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीय (EV) मा रूपान्तरण गर्न कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ। मिति २०८२ चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था अघि बढाउने निर्णय सार्वजनिक गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री इन्जिनियर सुनिल लम्सालको प्रस्तावमा आएको उक्त निर्णयअनुसार, सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्न इच्छुक व्यक्तिहरूलाई आवश्यक सेवा तथा सहजीकरण उपलब्ध गराउन कानुन निर्माण गरिने उल्लेख गरिएको छ।

सरकारको यस कदमले स्वदेशमै उत्पादित विद्युतको उपयोग बढाउने, पेट्रोलियम पदार्थमा हुने विदेशी मुद्रा खर्च घटाउने तथा वातावरणीय प्रदूषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

यस निर्णयप्रति विभिन्न सरोकारवाला निकायहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। सुन्दर अटो इन्जिनियरिङ प्रणालीले सरकारको निर्णयको स्वागत गर्दै छिटोभन्दा छिटो आवश्यक कानुन तथा नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ।

ऊर्जा आत्मनिर्भरता र स्वच्छ वातावरणतर्फ केन्द्रित यस नीतिगत पहललाई दीर्घकालीन रूपमा देशको अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।



#EV



तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब मोवाइलको एक क्लिकमा भारतबाट नेपाल पैसा पठाउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी Samsara Remit र Pashupati Pay India बीचको रणनीतिक साझेदारीमा भारतमा रहेका

सुनको भाउले रच्यो इतिहास, पुग्यो तोलाकै ३ लाख नौ हजार

काठमाडौं । नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार छापावाल

एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ…

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा

सुनचाँदीको मूल्य घट्यो,२ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन र चाँदी

सुनको मुल्य एकैदिन १० हजार ४ सय बढ्यो, पुग्यो ३…

बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आज नेप्से

Techie IT