Techie IT
२०८१ कात्तिक २३, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसम्पूर्णपत्रबालुवाटारबाट रास्वपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा

बालुवाटारबाट रास्वपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा


काठमाडौं । बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोजेपछि रास्वपाका सांसदसहित केही कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बालुवाटारको नेपाल हाउस रेष्टुरेन्ट अगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत छन् ।

रास्वपाले बालुवाटार घेराउ गरी आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलन गर्न पुगेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपा सडक प्रदर्शनमा छ । पोखरा र काठमाडौंलगायत ठाउँमा रास्वपाले दिनहुँजसो आन्दोलन गरिराखेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा

रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ

कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद

जनआस्थालाई जिबीको जिमेल, भन्छन्– रविले मबाट करोडौं लगे, अनि मलाई…

काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईले एउटा सञ्चारमाध्यममा जिमेल गरेर ‘आफूले रविलाई करोडौं दिएको र पछि आफैंलाई फसाएको’

उत्प्रेरणात्मक कक्षामा अभिनेत्री स्वस्तिमाले सुनाइन् अनुभव र संघर्षका कुरा

काठमाडौं । ‘तपाईंले जुन लक्ष्य लिनुहुन्छ । त्यसलाई अरुले विश्वाश नगर्न सक्छन् । अरुले विश्वास गरुन् या नगरुन् यसले केही

दसैंअघि बीपी राजमार्ग खुल्ने सम्भावना छैनः यातायात मन्त्रालय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दसैंअघि सञ्चालन हुने सम्भावना नरहेको भन्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्नसमेत

देशभर कुन-कुन सडक अवरुद्ध छन् ?

काठमाडौं । गत ११ र १२ गते आएको अविरल वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् ।

Techie IT