Techie IT
Friday, January 2, 2026 | शुक्रबार, पुस १८, २०८२
२०८२ पुस १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकेन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत हटाउनुपर्ने

केन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत हटाउनुपर्ने


काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा निवेदन परेको छ। अध्यक्ष शेर्पाले आर्थिक प्रलोभनमा टिकट बाँडेको र स्ववियु निर्वाचनमा पैसाको चलखेल गरेर दाङको महेन्द्र बहुमुखी क्याम्पस र धादिङको आदर्श क्याम्पस गजुरीमा विभिन्न स्वार्थ समूहसँग मिलेर क्याम्पसको स्ववियु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीलाई बुझाएको गम्भीर आरोप लगाउँदै निवेदन परेको हो।

नेविसंघका केन्द्रीय सदस्यद्वय अशोकसिंह विष्ट र अनुराग शाह साथै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका इकाई अध्यक्ष जितेन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेर अनुशासन समितिमा निवेदन हालेका हुन्। अध्यक्ष शेर्पाले आर्थिक प्रलोभनमा पारेर दुई(दुई वटा टिकट बाँडेर बागी उम्मेदवारलाई सहयोग गरेको, अनधिकृत रूपमा सङ्गठनको केन्द्रीय सदस्य बाँडेको जस्ता आरोप उनीहरूले लगाएका छन्।

अध्यक्ष शेर्पाले विभिन्न ठाउँमा आर्थिक चलखेल गर्दै नेविसंघलाइ बेचेको जस्ता गम्भीर आरोप निवेदनमा उल्लेख छन्।

आफ्नो स्वार्थ अनुकूल इकाई समिति वितरण गर्ने खारेज गर्ने गरेको, सङ्गठनमा दुख गरेका पुराना कार्यकर्तालाई डराएर धम्क्याएर सङ्गठन छोड्न बाध्य पारेको जस्ता अवाञ्छित गतिविधि गरेको भन्दै अध्यक्ष शेर्पा र अनुशासन समितिका संयोजक परोपकार अधिकारी माथि आवश्यक छानबिन गरी साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न उनीहरूले माग गरेका छन्।

अनुशासन समितिका संयोजक अधिकारीलाई उनीहरूले अवैधानिक संयोजक भनेका छन्। सहमतीमा स्ववियू निर्बाचन गरेपछि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेपाली बिभिन्न नोिसंघका नेताहरुलाई कारबाही गरेका थिए भने त्यसपछि ताला लगाउने र एकले अर्कोलाई कारबाह्ी गर्ने क्रम बढिरहेको अवस्था रहेको छ, यसैविचमा नेविसंघका नेताहरुले अध्यक्ष शेपालाई नै कारबाहीको माग गर्दै निवेदन दिएक हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

Techie IT