Techie IT
Saturday, December 27, 2025 | शनिबार, पुस १२, २०८२
२०८२ पुस १२, शनिबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकाठमाडौंमा एइएसआइएम स्कुल सञ्चालन, विभिन्न देशका ६१ विद्यार्थी सहभागी (भिडिओसहित)

काठमाडौंमा एइएसआइएम स्कुल सञ्चालन, विभिन्न देशका ६१ विद्यार्थी सहभागी (भिडिओसहित)


काठमाडाैं । भुवन विश्वविद्यालयको गणित केन्द्रीय विभागले फ्रान्सस्थित गणितको अन्तर्राष्ट्रिय केन्द्र सीआइएमपीएको सहयोगमा १२ दिने अनुसन्धनात्मक एइएसआइएम स्कुल- २०२४ संचालन गरिरहेको छ । कार्यक्रमका संयोजक डा. जीवन काफ्लेका अनुसार उक्त अनुसन्धनात्मक स्कुलमा नेपाल, भारत, बङ्गलादेश र ईन्डोनेसियाका गरी ६१ विद्यार्थी सहभागी छन् ।

कार्यक्रमलाई नेपाल, भारत, अष्ट्रेलिया र जर्मनीका गरि १३ जना प्राध्यापकहरूले विज्ञका रूपमा सेसन प्रदान गर्ने छन् । कार्यक्रममा डाटा साइन्स, मिसन लर्निङ, न्यूमिरकल मेथडलगायत म्याटल्याब, पाइथन जस्ता विषयवस्तु समाविष्ट छन् ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. केदार रीजालले जेष्ठ ३० गते कीर्तिपुरस्थित गणित केन्द्रीय विभागमा कार्यक्रम उदघाटन गर्नु हुँदै यस्ता कार्यक्रमबाट सहभागीहरूले उल्लेख्य उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले सहकार्यलाई बढावा दिनुका साथै नयाँ उपलब्धिका लागि नयाँ पुस्तालाई आकर्षण गर्ने डा. रीजालको भनाइ थियो ।

AESIM School का विज्ञहरूका तर्फबाट IIT तिरूपति भारतका गणित तथा तथ्याङ्क विभागका प्रमुख प्रा. डा. पञ्चअक्षयरम मरियाप्पनले यस्ता कार्यक्रमले नेपालको अनुसन्धान कौशललाई सकारात्मक प्रभाव पार्नुका साथै अन्तर्राष्ट्रिय जगतसितको सहकार्यलाई बढावा दिने बताउनु भयो ।

तेस्तैगरी अरु सहभागीहरुले पनि कार्यक्रम आफुलाई उपलब्धिमूलक भएको बताउनु भयो ।

उपस्थित अतिथि तथा सहभागीहरूलाई विभागका फ्याकल्टी तथा नेपाल गणित समाजका सभापति प्रा. डा. नारायण प्रसाद पहारीले स्वागत गर्नु भएको थियो ।

विभागका प्रमुख प्रा. डा. चेतराज भट्टको सभापतित्वमा भएको उदघाटन सत्रको सञ्चालन कार्यक्रमका संयोजक डा. जीवन काफ्लेले गर्नु भएको थियो ।

बाह्र दिन सम्म चल्ने AESIM School मा ३१ वटा टेक्निकल सेसन चल्नेछन् भने एक दिन सहभागीहरूले नजिकको स्थानमा अवलोकन भ्रमण समेत गर्नेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT