Techie IT
Thursday, January 8, 2026 | बिहीबार, पुस २४, २०८२
२०८२ पुस २४, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रनेकपा एसको अध्यक्षमा घनश्याम भुसालको सम्भावना कति ?

नेकपा एसको अध्यक्षमा घनश्याम भुसालको सम्भावना कति ?

महासचिवमा ज्वाला र खतिवडाको चर्चा


काठमाडौं । काठमाडौंमा असार १६ गतेदेखि नेकपा एसको महाधिवेशन हुँदैछ । र, महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु सतहमा देखिन थालेका छन् ।

खासगरी अध्यक्ष पदमा अहिलेका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको चर्चा व्यापक छ ।

२०७८ सालमा एमाले फुटाएर नेकपा एस बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको भन्दै अहिलेका अध्यक्ष माधव नेपालले अध्यक्षमा दोहोरिन चाहेका छन् । त्यस्तै सम्मानित नेता खनालले सकभर सहमतिमै नेतृत्व चयन गर्ने र यदि त्यो सम्भव नभए आफू अध्यक्षको प्रतिस्पर्धाबाट पछि नहट्ने बताइसकेका छन् ।

नेपाल र खनालको तयारी नियालेका महासचिव घनश्याम भुसाल पनि दुई नेताको लडाइँले आफूलाई चिट्ठा पर्न सक्ने बुझाइमा छन् । युवा पुस्ताका नेता कार्यकर्ताहरूको समर्थन प्राप्त गर्ने विश्वासमा छन् भुसाल ।

पछिल्लो समय एमाले विभाजन र नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न नसकेको अध्यक्ष नेपालमाथि आरोप लाग्ने गरेको छ । नेपालमाथि यो आरोप सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाले नै लगाउने गरेका छन् ।

खनाल र भुसालले सिधै नेपालमाथि यो आरोप नलगाए पनि उनीहरूले जनताको बहुदलीय जनवाद (जबज) र समाजवादबारे गर्ने व्याख्या र विश्लेषणहरूमा त्यही कुराको झल्को दिने गरेका छन् । माधव नेपाल जनताको बहुदलीय जनवादमार्फत समाजवादमा पुग्नुपर्ने पक्षमा छन् भने खनाल वैज्ञानिक समाजवादको वकालत गर्छन् ।

अध्यक्षमा तीन नेताको चर्चा भइरहँदा हालका उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, केशव लाल श्रेष्ठ लगायतका नेताहरू भने अहिलेकै पद जोगाउन प्रयासरत छन् । महासचिवमा चाहिँ उपमहासचिवद्वय प्रकाश ज्वाला र जगन्नाथ खतिवडाले चाहना राखेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो…

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

Techie IT