Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रविपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन

विपद्को समयमा सही सूचना प्रवाह गर्न आयोगको निर्देशन


काठमाडौं । राष्ट्रिय सूचना आयोगले बाढीपहिरो जस्ता विपद्का क्रममा सार्वजनिक निकायलाई सही सूचना प्रवाह गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै आयोगले सङ्घ सरकार,प्रदेश सरकार तथा स्थानीय तहका सार्वजनिक निकायबाट    पीडितको उपचार तथा राहतका लागि भए गरेका कामका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सार्वजनिक गराउने व्यवस्था मिलाउनसमेत निर्देशन      दिएको छ ।

यही असोज ११ र १२ गते अविरल वर्षाले आएको बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको छ । आयोगको बैठकले उपलब्ध र वितरण भएका वा गरिने तथा खरिद गरिने सामग्री, सेवा तथा राहतका बारेमा सञ्चारका विभिन्न माध्यमबाट नियमित रुपमा सङ्घ सरकार, प्रदेश सरकार तथा स्थानीय तहबाट सार्वजनिक गराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

आयोगले नेपाल सरकारबाट स्वीकृत सूचनाको हक कार्यान्वयनसम्बन्धी अनुगमन निर्देशिका, २०७६ बमोजिम गठित केन्द्रीय समन्वय एकाइ, कार्यान्वयन अनुगमन एकाइ, प्रदेश अनुगमन एकाइ र जिल्ला अनुगमन एकाइलाई सक्रिय गराइ त्यस अवधिमा र नियमित रुपमा सूचनाको हकको प्रयोगका बारेमा अनुगमन गरी त्यसको प्रतिवेदन सार्वजनिक गर्ने र आयोगलाई पनि जानकारी दिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सार्वजनिक निकायमा रहेका सूचना संकलन गरी सर्वसाधारण नागरिकसम्म पुर्‍याउने आमसञ्चारकर्मी तथा सूचनाको हकका अभियन्ता सार्वजनिक निकायमा गइरहनुपर्ने भएकाले निजको सुरक्षाको व्यवस्था मिलाउन आवश्यक व्यवस्था गर्न पनि सरकारसँग अनुरोध गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो…

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

Techie IT