Techie IT
Thursday, January 8, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रअक्टोबर ५ मा भर्जिनियामा हुने डी टी फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति हुने

अक्टोबर ५ मा भर्जिनियामा हुने डी टी फेस्ट २०२४ मा गायक प्रमोद खरेल र निमा रुम्बाको लाइभ प्रस्तुति हुने


काठमाडौं । नेपालीहरुको महान् चाड दशैं तिहार अब नेपालीहरुको घर आगँनमा आइपुग्न धेरै दिन बाँकी छैन । यस्तै दशैं तिहारलाई नै लक्षित गरेर असोज १९ गते अर्थात अक्टोबर ५ मा भर्जिनियामा हुन लागेको दशैं तिहार फेस्टिवल २०२४ को प्रतिक्षामा रहेका दर्शकहरुको लागि यो फेस्टिवल नजिकै आइरहेको छ । उक्त फेस्टिवल नजिकिदै जादाँ तयारी पनि सुरु भएको छ । दशैं तिहार फेस्टिवल २०२३ को अपार सफलता पछि नेपालीहरूको महान पर्व दशैं तिहारलाई लक्षित गरी पुन उक्त फेस्टिबल हुन लागेको हो ।

थ्री इन्टरटेनमेन्टद्वारा हुन लागेको उक्त फेस्टिबल ५ अक्टोबर २०२४ मा प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, ९ज्ञण्टद्दद्ध० डुम्फ्रिज रोड, मनासस, ९ख्ब्द्दण्द्दज्ञद्द०मा हुदैँछ । उक्त कार्यक्रममा नेपालका चर्चित गायक प्रमोद खरेल, निमा रुम्बा लगायतको लाइभ म्युजिककका साथै नेपालीपनको महसुस गराउने खालका विविध खेल तथा खानाका परिकारहरु यस कार्यक्रमको प्रमूख आर्कषणको रुपमा रहेको छ । साथै नेपाली खानाका स्वादिष्ट परिकारहरूको साथै प्रत्यक्ष प्रदर्शनहरूको आनन्द लिन सकिनेछ ।

यस्तै नेपाली सांस्कृतिक नृत्य र रंगीन नेपाली सांस्कृतिक नृत्यहरूका साथै नेपालको परम्परागत लाखे नृत्य प्रदर्शन पनि रहेको छ । यस कार्यक्रममा अर्को प्रमूख अमर्कषणको रुपमा
काइट फेस्टिभल पनि रहेको छ । जसमा मा भाग लिएर पतंगको एक शानदार प्रदर्शन पनि अवलोकन र बालबालिकाका गतिविधिहरूस् बालबालिकाका लागि रमाइलो र आकर्षक गतिविधिहरूपनि यो फेस्टिवलमा रहनेछ ।

नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलालाई संरक्षण र प्रवर्धन गर्ने उदेश्यले हुन लागेको हो। नेपाली संस्कृति झल्काउने संगीतिक नेपाली समुदायको सबैभन्दा ठूलो महोत्सव हुन लागेको थ्री इ इन्टरटेनमेन्टले बताएको छ।यस्तै यस कार्यक्रमलाई आर एन आर ग्रुप युएसले सहयोग गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो…

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

Techie IT