Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रके हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवाद ?

के हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्क विवाद ?


काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले केहीदिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ अचाक्ली महँगो भएको विषय उठान गरिन् त्यसपछि यो विषय सतहमा आएको छ ।

अहिले विमानस्थलको पार्किङ शुल्कलाई लिएर सामाजिक सञ्जालमार्फत सर्वसाधारणले असन्तुष्टि जनाइरहेका छन् । एकैपटक दोब्बर बनाएपछि सर्वसाधारणको गम्भीर असन्तुष्टि देखिएको हो । विमानस्थलमा गत भदौ १० देखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको छ ।

नयाँ शुल्कअनुसार मोटरसाइकल, स्कुटर, रिक्साको पार्किङ शुल्क प्रतिघण्टा ४० र प्रतिदिनको शुल्क २४० रुपैयाँ रहेको छ । यसअघि प्रतिघण्टा ५ र प्रतिदिन ३० रुपैयाँमात्र थियो । यस्तै कार, जिप, लिमोनिम, टेम्पो आदिको पार्किङ शुल्क प्रतिघण्टा ८० र एक दिनको ४८० रुपैयाँ रहेको छ । यसअघि कार, जिप, टेम्पो, लिमोजिम आदिको प्रतिघण्टा २० र एक दिन १२० तथा ३ महिनाको ३ हजार रुपैयाँ थियो ।

विमानस्थल सेवा शुल्क नियमावली २०७८ बमोजिम क्यानले दुई वर्षअघि आठ गुनासम्म वृद्धि गरेको नयाँ पार्किङ शुल्क १० भदौदेखि कार्यान्वयनमा आएको हो । क्यानले ०७९ मंसिर १ देखि लागू हुने गरी असोजमा देशैभर सञ्चालनमा रहेका विमानस्थलको पार्किङ शुल्क बढाउने निर्णय गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो…

काठमाडौँ ।  प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

Techie IT