गृहपृष्ठ ∕ समाचारपत्र ∕ सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति स्वर्णपत्र सोमबार, २०८१ असोज ७ गते, १६:१६ मा प्रकाशित समाचारपत्र काठमाडौं । जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । सूर्यदर्शन सहकारीको रकम लगेर गोर्खा मिडिया नेटवर्कमा अपचलन गरेको आरोपमा आइतबार काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार साँझ कास्की लगिएको थियो । प्रहरीले जरुरी पुर्जी थमाएर पक्राउ गरेकामा सोमबार कार्यालय समयमा जोशीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो । म्याद थपअघि सरकारी वकिल र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलाशले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । गोर्खा मिडिया नेटवर्कका चार सञ्चालकमध्ये जोशी सुरुवाती कालमा सञ्चालक समितिको उपाध्यक्षका रुपमा थिए भने जीबी राई अध्यक्ष, रवि लामिछाने प्रबन्ध निर्देशक र कुमार रम्तेल सञ्चालक समिति सदस्यका रूपमा रहेका थिए । जसमध्ये जीबी राई हाल फरार छन् भने कुमार रम्तेल सूर्यदर्शन सहकारी प्रकरणमै पुर्पक्षका लागि जेलमा छन् । #छविलाल जोशी #सहकारी ठगी प्रकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विष्णु पौडेल पाल्पा–२ बाट पनि उम्मेदवार सिफारिस, ठाकुर गैरे दोस्रो… काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट पाल्पा क्षेत्र नं २ मा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ४ जनाको एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक बालेनको विश्वासपात्र बनिन् रक्षा बम काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर… काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब लोकप्रिय १ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ २ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ३ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ४ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ५ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ८ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?