Techie IT
Thursday, January 1, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए

जसले बिमाको लोभले आफ्नै पसलमा आगो लगाए


काठमाडौं । कसैले जानजान आफ्नै पसलमा आगो लगाउला ? हामी सहजै भन्न सक्छौं– लगाउँदैन । तर, पोखराका एक पसलेले नियोजितरुपमा आफ्नो पसलमा आगो लगाएका छन् ।

हो, पोखरा–१७ का ३६ वर्षीय सुजन गहतराले बिमा दाबी गर्नका लागि आफ्नै सपिङ सेन्टरमा जानाजान आगो लगाएको प्रमाण फेला परेको छ । सुजनले गत साउन १६ गते बिहान २ बजेतिर पोखरा–६ वैदामस्थित नारेश्वरमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी लगाएको पाइएको प्रहरीले जनाएको छ ।

नारेश्वरस्थित डा थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले सपिङ सेन्टर चलाएका थिए । सुजनले प्रहरीसँगको बयानमा नयाँ इन्भर्टर जडान गरेको र सोही इन्भर्टरको वाइरिङ सर्ट भएर आगो लागेको बताएका थिए । तर प्रहरीलाई उनको बयान शंकास्पद लाग्यो र थप अनुसन्धान अघि बढायो ।

प्रहरीले थप अनुसन्धान गर्दा सुजनले बीमाको लोभमा आफ्नै पसलमा आगो लगाएको पुष्टि भएको हो । अनुसन्धानका क्रममा सुजनले हिमालयन एभरेष्ट इन्स्योरेन्स पोखरा शाखा कार्यालयमा दुई करोड १० लाख बराबरको बिमा गरेको पाइएको प्रहरीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कान्तिपुरका प्रबन्धक सिरोहिया पनि रास्वपामै मिसिने

काठमाडौं । एकबेला चर्को द्वन्द्वमा रहेका रास्वपा सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका प्रबन्धक सम्भव सिरोहिया अहिले निकै नजिक

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT