काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार कैलाली– ४ बाट लेखराज भट्टदेखि झापा– ५ बाट केपी शर्मा ओलीसम्म एकल सिफारिसमा परेका हुन् ।
त्यस्तै इलाम– २ बाट सुहाङ नेम्वाङ, सिरहा– ३ बाट लीलानाथ श्रेष्ठ, महोत्तरी– १ बाट लक्ष्मी महतो कोइरी, सर्लाही– ३ बाट हरि उप्रेती, रौतहट– १ बाट अजय गुप्ता, नुवाकोट– बाट बद्री मैनाली, काठमाडौं २ बाट मणिराम फुँयाल, नवलपुर २ बाट तिलक महत, गोरखा २ बाट मिलन गुरुङ, गुल्मी १ बाट प्रदीप ज्ञवाली, बाँके १ बाट सूर्य ढकाल, बाँके ३ बाट दलबहादुर सुनार, कपिलबस्तु १ बाट विश्रम चौधरी, सुर्खेत १ बाट ध्रुव शाही, सुर्खेत २ बाट कलाधर देवकोटा र सल्यानबाट गुलाबजंग शाह एकल सिफारिस भएका हुन् । अबको चुनावमा उक्त क्षेत्रबाट उनीहरुनै उम्मेदवार हुने निश्चितप्रायः छ ।