Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलविद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो


काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक बिक्रीमा बीवाईडीले पहिलो पटक इलन मस्कको टेस्लालाई जितेको बीबीसीको समाचारमा उल्लेख छ ।

बीवाईडीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा कम्पनीले कुल ४६ लाख युनिट विद्युतीय गाडी बिक्री गरेको थियो । यो संख्या सन् २०२४ को तुलनामा ७.७ प्रतिशतले बढी हो । यसमा न्यु इनर्जी भेहिकल, प्यासेन्जर भेहिकल, प्लग–इन हाइब्रिड इलेक्ट्रिक तथा ब्याट्रीबाट चल्ने विद्युतीय गरी सबै प्रकारका सवारी समावेश छन् ।

ब्याट्रीबाट चल्ने कार मात्रै बीवाईडीले यस वर्ष साढे २२ लाख युनिट बिक्री गरेको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यो २७।८६ प्रतिशतले बढी हो । टेस्लाले भने शुक्रबार आफ्नो वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै छ । तथापि गत साताको विश्लेषणमा टेस्लाले यस वर्ष १६ लाख ५० हजार प्रति ब्याट्री–पावर्ड भेहिकल बिक्री गरेको उल्लेख थियो ।

‘टेस्लाको नयाँ प्रस्तावप्रति उपभोक्ताका मिश्रित प्रतिक्रिया, मस्कको राजनीतिक सक्रियताप्रतिको संकोच र चिनियाँ प्रतिस्पर्धाका कारण यस अमेरिकी कम्पनीका लागि यो वर्ष चुनौतीपूर्ण रह्यो । गत अक्टोबरमा टेस्लाले बिक्री दर बढाउन आफ्ना लोकप्रिय दुई मोडलको सस्तो भर्सन सार्वजनिक गरेको थियो । नयाँ र सुपथ विकल्प ल्याएर बजारमा प्रतिस्पर्धी भइरहन कम्पनीले असाध्यै ढिलो गरेको भन्दै आलोचना भएको थियो ।’

टेस्लाको बजार बढाउने उद्देश्यले यसका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मस्कलाई कम्पनीमा टिकाइराख्न सेयरधनीहरूले गत नोभेम्बरमा एक ट्रिलियन डलरको पे प्याकेज दिने निर्णयसमेत गरेका थिए । यसका लागि उनले टेस्लाको बजार मूल्य दुई ट्रिलियन र टेस्लाको बिक्री दुई करोड पुर्‍याउनुपर्नेछ ।

साथै आगामी एक दशकमा लाखौं ह्युमनोइड रोबोट पनि बिक्री गर्नुपर्ने सर्त छन् । टेस्लाले ‘अप्टिमस’ नामक रोबोट र ‘रोबोट्याक्सी’ हरूमा उल्लेख्य लगानी गरिरहेको बीबीसीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा

काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको

Techie IT