गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अरनिको राजमार्गमा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी खुल्यो अरनिको राजमार्गमा फेरि पहिरो, पृथ्वी राजमार्ग एकतर्फी खुल्यो स्वर्णपत्र बुधबार, २०८१ असार २६ गते, १०:५५ मा प्रकाशित मुख्यपत्र काठमाडौं। अविरल वर्षाले अवरुद्ध बनेको पृथ्वीराजमार्ग एकतर्फी खुलेको छ भने अरनिको राजमार्ग फेरि अवरुद्ध भएको छ । तनहुँ म्याग्दे गाउँपालिका–६ मौरीओढार पहिरो खस्दा बिहानैदेखि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको हो । बाटोमा लेदोसहितको पहिरो खस्दा राजमार्ग अवरुद्व भएको थियो । पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ । यता निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । #पहिरो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि… रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद