Techie IT
Sunday, November 16, 2025 | आईतबार, कात्तिक ३०, २०८२
२०८२ कात्तिक ३०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेबाट को-को बन्दैछन् मन्त्री ? (भिडिओसहित)

एमालेबाट को-को बन्दैछन् मन्त्री ? (भिडिओसहित)

अर्थमन्त्रीमा पौडेललाई रोक्ने प्रयासमा पोखरेल


काठमाडौं । संसदका दुई ठूला दल, नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्ने निश्चित भएको छ । यससँगै यी दुई दलबाट सरकारमा को–को जाँदैछन् ? अर्थात् को–को मन्त्री हुँदैछन् भन्ने विषय आमचासोको छ ।

कांग्रेस र एमालेबीच पहिला पालैपालो सरकार चलाउने र पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भइसकेको छ । त्यस्तै दुई दलबीच सरकारको नेतृत्व गरेको दलको भागमा १० र सहयोगीको भागमा ११ मन्त्रालय बाँड्ने पनि सहमति भइसकेको छ । यद्यपि, अहिलेसम्म कुन दलले कुन मन्त्रालय पाउने भन्नेमा सहमति भइसकेको छैन ।

मन्त्रालयको भागबण्डा मिलाउन दुवै दलका नेताबीच कसरत भइरहेको छ । जहाँ अर्थ र सञ्चार मन्त्रालय एमालेले पाउने निश्चितजस्तै छ । किनकि, अर्थ र सरकारको प्रवक्ताको समेत जिम्मेवारी हुने सञ्चार मन्त्रालय सरकारको नेतृत्व गरेकै दलले लिने चलन जस्तै छ । र, गृह मन्त्रालय कांग्रेसले पाउनेमा पनि खासै विवाद छैन ।

अरुभन्दा पनि अर्थ मन्त्रालय कसले पाउने भन्नेमा जनस्तरबाटै चासो बढेको छ । विगतमा ‘सफल अर्थमन्त्री’को छाप बनाएका एमालेका उपाध्यक्ष विष्णु पौडेलनै पुनः अर्थमन्त्री हुने धेरैको आकलन छ । पौडेल अर्थमन्त्री बन्ने सम्भावनाले व्यवसायीसँगै सेयर तथा घरजग्गा कारोबारी हौसिएका छन् । तर यसपालि पौडेललाई अर्थमन्त्री हुन अलिक असहज छ ।

एमालेको आन्तरिक शक्ति सन्तुलनका कारण पौडेलको अर्थमन्त्री हुने बाटो सहज नभएको हो । पौडेललाई अर्थमन्त्री बनाउने कुरामा एमाले अध्यक्ष एवम् भावी प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भए पनि महासचिव शंकर पोखरेलले अब्जेक्सन जनाएको कतिपयको आरोप छ ।

पोखरेलको असहमतिका बाबजुद पनि ओलीले पौडेललाई अर्थमन्त्री बनाउने सम्भावना प्रबल छ । यससँगै खासै नाम नचलेका नयाँ कोही सांसदलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएर ओली आफैंले खटनपटन गर्ने, गराउने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेले पाउने १० मन्त्रालयका लागि थुप्रैको रुचि देखिएको छ । खासगरी यसपालि एमालेभित्र पुराना र नयाँ गरी दुई धारका नेताहरुले मन्त्रीको आकांक्षा गरेका छन् ।

पुरानो धारबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, रघुवीर महासेठ, गोकर्ण विष्ट र पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा मन्त्रीको सूचीमा पर्ने सम्भवना छ । यसमध्ये विश्वकर्मा, महासेठ, विष्ट र बास्कोटा मन्त्री भइसकेका छन् भने गुरुङ गण्डकीको मुख्यमन्त्री भइसकेका छन् ।

त्यस्तै वसन्त नेम्वाङ पनि फेरि मन्त्री हुने आशमा छन् भने योगेश भट्टराई डेब्यु गर्ने दाउमा छन् । कृष्णगोपाल श्रेष्ठ र रघुजी पन्त पनि मन्त्री हुने पालो पर्खिरहेका छन् ।

अहिले एमालेभित्र एउटैलाई पटक–पटक अवसर दिने कि नयाँलाई मौका दिने भन्ने बहस पनि पेचिलो बनेको छ । अहिलेको प्रचण्ड नेतृत्वको कामचलाउ सरकारमा धेरैलाई मन्त्रीमा डेब्यू गराएर एमालेले युवालाई मौका दिने अभ्यास थालेको छ । र भावी सरकारमा पनि यसैलाई निरन्तरता दिने सम्भावना पनि छ ।

एमालेमा अहिले नयाँ धारबाट मन्त्रीमा डेब्यु गर्न खुट्टा उचालेर बसेकाहरुमा प्रमुख सचेतक महेश बर्तौैला, सचेतक सुनिता बराल, पाल्पाबाट चुनाव जितेका ठाकुर गैरे, इलाममा भएको उपनिर्वाचन जितेका सुहाङ नेम्वाङ, कञ्चनपुरका तारा लामा, सरस्वती सुब्बा र विद्या भट्टराईहरु हुन् ।

हेर्नुहोस् भिडिओ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

तीन शिक्षकले एकैचोटि प्राधानाध्यापक दाबी गरेपछि विद्यालयमा तनाव

काठमाडौं । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक भएको दाबी गरेपछि

केपी ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य भएको प्रकाश ज्वालाको…

काठमाडौं । नेकपा एसबाट नेकाप भएका नेता प्रकाश ज्वालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वास्तै नगरेपछि माओवादीमा जान बाध्य

१० बैंकले घटाए ब्याजदर, कुनको कति पुग्यो ?

काठमाडौं । मंसिर महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिकको तुलनामा वाणिज्य बैंकहरूको औषत ब्याजदर घटेको

ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल

एमालेको आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिने भएका छन् ।

राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा

स्थापनाको ६ महिनामै २१ सांसदसहित संसदमा पुगेर रेकर्ड राखेको रास्वापा अहिले छिन्नभिन्न स्थितिमा पुगेको छ ।

उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत

काठमाडौं । प्रा.डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरेको छ । त्रिभुवन विश्वविद्यालयकी कान्छी

Techie IT