Techie IT
Tuesday, December 30, 2025 | मंगलबार, पुस १५, २०८२
२०८२ पुस १५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभारतको आडमा ओलीलाई रोक्ने ‘प्रचण्ड-प्रयास’ (भिडिओसहित)

भारतको आडमा ओलीलाई रोक्ने ‘प्रचण्ड-प्रयास’ (भिडिओसहित)

के भनेर फकाए रास्वपाका मन्त्रीहरुलाई ?


काठमाडौं । तेस्रो दल भएर पनि पहिलो र दोस्रो दललाई खेलाएर दुई वर्षदेखि सरकार चलाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा बेचैनी बढेको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्डमा छटपटी र बेचैनी बढेको हो । प्रचण्डले पटक–पटक धोका दिएका दुई दल मिलेर सरकार बनाउँदा आफू रिङ बाहिर होइने भयले प्रचण्ड ग्रस्त छन् ।

९ वर्षदेखि सत्ताबाहिर बस्नु नपरेको माओवादीलाई एक्कासि सरकारबाट बाहिरिने र तत्काल सरकारमा जाने बाटो पनि नहुने कुराले चिडचिडाहट बढाउनु स्वभाविक हो । त्यसैले त सरकारलाई सत्ताघटक दलहरुले समर्थन फिर्ता लिएर सरकार अल्पमतमा पर्दासमेत संसदबाट विश्वासको मत लिने रटानमा छन्, प्रचण्ड ।

कांग्रेस–एमालेलगायत अन्य दलले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिन आग्रह गर्दासमेत प्रधानमन्त्री प्रचण्ड अटेरी भएर बस्नुका पछाडि धेरै कारण छन् । त्यसमध्येको एक हो, कांग्रेस–एमालेबीच खेल्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुन नदिने ।

प्रचण्डको यो लाइनमा दक्षिणी मुलुक भारतको समेत इन्ट्रेस्ट लुकेको छ । जसलाई कांग्रेस एमालेबीच सहमति भएपछि भारतीय सञ्चारमाध्यममा आएका हेडलाइनहरुले पनि पुष्टि गर्छ ।

विश्वासको मतका लागि छुट्याइएको एक महिनाभित्र अनेक खेल खेल्न सकिने प्रचण्डको बुझाइ छ । विगतमा पनि कांग्रेस र एमालेसँग खेलेर सत्ताको स्वाद चाख्न पल्केका प्रचण्ड अझै पनि कांग्रेस र एमालेबीच भएको सम्झौता भाँड्न सकिनेमा आशावादी छन् । र, उनले अझै खेल्ने ठाउँ बाँकी राख्नका लागि बिहीबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुलाई पनि फकाएर पठाए ।

प्रचण्डले यो बुझेका छन् कि, एमाले र कांग्रेसको गठबन्धन बन्नु भनेको आगामी चुनावमा पनि माओवादी पत्तासाफ हुनु हो । विगतमा पनि कहिले एमाले र कहिले कांग्रेसको भोटमा राइँदाइँ गरिरहेका प्रचण्डले भारतको आडमा ओलीलाई रोक्न खोज्नु स्वभाविक हो ।

खासमा कांग्रेस एमाले मिलनको एउटा गम्भीर अन्तर्य पनि यो हो कि, उनीहरु निर्वाचन प्रणाली परिवर्तन गरेरै भए पनि साना दलको आतंक रोक्न चाहन्छन् । मनलाग्दी दल गठन र समानुपातिकबाट एक, दुई सिट मात्रै जितेकाहरुका कारण झन् धेरै अस्थिरता बढेको उनीहरुको ठम्याइ छ । यदि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद मात्रै हुने र सिंगल–सिंगल चुनाव लड्ने हो भने माओवादीको हविगत हरिबिजोग हुने निश्चित छ । त्यसैले पनि प्रचण्ड जसरी पनि कांग्रेस–एमालेको समझदारीलाई भाँड्न चाहन्छन् ।

प्रष्ट छ कि, ओली देउवासँग मिल्ने देखेपछि प्रचण्डले गठबन्धन जोगाउन अहिलेकै समीकरणबाट प्रधानमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए, तर ओलीले आफू कांग्रेससँग मिल्ने सहमति भइसकेको बताएपछि प्रचण्ड थप रुष्ट छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

Techie IT