Techie IT
Friday, January 2, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकति छन् मुकुलका कार्यकर्ता ? कता हराए तोसिमा र सोविता ? (भिडिओसहित)

कति छन् मुकुलका कार्यकर्ता ? कता हराए तोसिमा र सोविता ? (भिडिओसहित)


काठमाडौं । वैकल्पिक शक्तिका रुपमा विशाल आश गरिएको रास्वपा अहिले आन्तरिक विवादको चंगुलमा फसेको छ । खासगरी पार्टी महामन्त्री मुकुल ढकालले फरक मत राख्न थालेपछि रास्वपामा विवाद बढेको हो । पार्टीको नीतिअनुसार नै देश दौडाहा गरेर महामन्त्री ढकालले ल्याएको रिपोर्टपछि रास्वपामा खैलाबैला मच्चिएको हो ।

जब प्रतिवेदनमा महामन्त्री ढकालले राजनीतिक, सैद्धान्तिक र संगठनात्मक क्षेत्रमा व्यापक सुधार नगरे पार्टीको भविष्य नै समाप्त हुनसक्ने चेतावनी दिए, तब पार्टीमा विवादले उग्र रुप लियो ।

महामन्त्री ढकालले प्रतिवेदनमा पार्टीको एजेन्डा, आन्तरिक प्रशासन, समन्वय विधि, संगठनात्मक ढाँचा र संरचना तथा आगामी कार्यदिशाबारे सुझाव पनि दिएका थिए । जसलाई पार्टी सभापति रावि लामिछानेले पचाउन सकेनन् । र विवाद बढ्यो ।

उत्कर्षमा पुगेको विवाद बुधबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिमा बैठकमा छताछुल्ल भयो । महामन्त्री ढकाललाई प्रतिवेदन पेश गर्न नै दिइएन । बैठकमा उनी विरोधस्वरुप मुखमा पट्टी बाँधेर बसे ।

खासमा इलाम २ को उपनिर्वाचनको निराशाजनक परिणामपछि रास्वपा सचिवालय बैठकले देशभरको जनमत बुझ्न महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो । र, उनले पुराना दलभन्दा अरु स्वतन्त्रहरूसँग सहकार्यको हात बढाउनु रास्वपाको हितमा हुने पनि प्रतिवेदनमा उल्लेख थिए । रास्वपालाई ‘रविको पार्टी’ बनाउने कि राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने भन्ने ढकालको प्रश्नले सभापति लामिछानेलाई गहिरो ढंगमा प्रहार गरेको छ ।

ढकालले प्रतिवेदनमा स्वतन्त्र पार्टीको मर्म हराएको, अन्य पार्टीभन्दा फरक हुन नसकेको, पुराना शक्तिसँगै सम्झौता गरेर अगाडि बढेको, सांसददेखि मन्त्रीसम्मको भूमिका कमजोर भएको भनेर निर्मम समीक्षा गरिएको छ । प्रतिवेदनमा प्रदेश संरचना खारेजी, बलियो स्थानीय सरकार, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि प्रशासन सुधारसम्ममा पार्टीले संशोधन गर्नुपर्ने एजेन्डाहरूको बारेमा पनि औँल्याइएको छ ।

हुन पनि हो, स्थापनाको ६ महिनामै अनपेक्षित सफलता हात पारेको रास्वपा दोस्रोपटक सरकारमा गएको तीन–चार महिनामै नराम्ररी स्खलित भएको छ । पहिलोपटक गृहमन्त्री हुँदा नागरिकता कसुरमा दोषी प्रमाणित भएपछि दोस्रोपटक चुनाव लडेर फेरि गृहमन्त्री भएका लामिछानेले चार महिनामा देखिने खालको केही पनि काम गर्न सकेनन् । श्रम, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हाले पनि रास्वपाले कुनै नवीन योजना ल्याउन सकेन । वैकल्पिक भनिएको शक्ति पुरानै ढर्राको भएपछि महान्त्री ढकालले कटाक्ष गरिरहेका छन् ।

कतिपयले महामन्त्री ढकालले पार्टी फुटाउन खोजेको टिप्पणी पनि गरिरहेका छन् । ढकालमा बढेको घमण्डका कारण पार्टी नीतिविरुद्ध प्रतिवेदन आएको रास्वपाका कतिपय नेताहरुको ठम्याइ छ । तर, यति कठोर प्रतिवेदन ल्याउने ढकालविरुद्ध कति छन् त कार्यकर्ता ? धेरैको चासो छ ।

खासमा ढकाल चिकित्सक हुन् । सञ्चारकर्मी हुँदा रवि लामिछानेको पहलमा बनेको कालिकोटको रास्कोट अस्पतालमा काम गरिरहेका ढकाललाई रास्वपाको महामन्त्रीसँगै प्रवक्ताको जिम्मेवारी दिइएको थियो । तत्कालीन समयमा लामिछाने र ढकालको सम्बन्ध एकदमै सुमधुर मात्रै होइन, ढकाल लामिछानेको विश्वासपात्र नै थिए ।

पछिल्लो समय पार्टीमा सभापति लामिछानेको मात्रै राइँदाइँ भएपछि ढकाललाई खपिनसक्नु भएको थियो । पार्टीलाई रविको कम्पनी जस्तो बनाएकोप्रति उनको पहिलोदेखि नै असन्तुष्टि थियो । हुन पनि रास्वपामा रविविरुद्ध आवाज निकाल्नु चानचुने आँटको कुरा थिएन, जहाँ अहिले स्वर्णिम वाग्ले र विराजभक्तहरु पनि अघोषितरुपमा मुखमा पट्टी बाँधेरै अडिएका छन् । तर, अहिले मुकुलको पछाडि कोही पनि अरु पदाधिकारी र केन्द्रीय सदस्य खुलेका छैनन् । यद्यपि, उनलाई धेरैको मौन समर्थन रहेको बुझिएको छ ।

कता हराए तोसिमा र सविता ?

प्रतिनिधिसभा चुनाव र त्यसपछिको केही समय रास्वपामा सबैभन्दा चर्चा हुने पात्र थिए, ललितपुरबाट चुनाव जितेकी तोसिमा कार्की र काठमाडौंबाट चुनाव जितेकी सोविता गौतम । सुरुसुरुमा उनीहरु संसदमा पनि खुब बोल्थे । लेखेर लगेका कुरा मिलाइमिलाइ पढ्थे । तर जब रास्वपा सरकारमा गयो, तब उनीहरुको मुखमा बुझो लाग्यो ।

समानुपातिकबाट आएकालाई मन्त्री बनाउने तर प्रत्यक्ष चुनाव जितेकालाई भाउनै नदिने गर्दा पनि उनीहरु केही बोलेनन् । पछिपछि आएका मान्छेहरु पार्टी पदाधिकारी हुने तर कठिन अवस्थामा चुनाव लडेर जितेकालाई बेवास्ता गर्दा पनि उनीहरु बोलेनन् । र, पार्टी सरकारमा गएपछि त बोल्ने कुरा नै सबै खोसियो ।

हो, नागरिकले अत्यधिक आश गरेको रास्वपा यतिछिट्टै यसरी स्खलित नहुनुपर्ने थियो । तर दुर्भाग्य, रास्वपा नागरिकको चाहनाअनुकुल हुन सकेन । हुनतः फेरि पनि भाषा मिलाएर बोलेपछि पत्याउने खालकै नागरिक भएको देश हो, यो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT