Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा

अराजक बन्यो शिक्षक आन्दोलन: ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले हान्यो पानीको फोहोरा


काठमाडौं । आन्दोलनको २६ औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ ।

आइतबार नयाँबानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको हो । बिजुलीबजार–नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो ।

शिक्षा ऐनको माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकको आन्दोलन जारी रहेको छ। आज २६औं दिनमा शिक्षकहरूले संसद भवनतर्फ अघि बढ्न खोज्दा तनाव भएको हो ।

प्रहरीले पानीको फोहोरा र बल प्रयोग गरेर भिड तितरवितर पार्न खोजेपछि जवाफमा शिक्षकहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् । यसअघि शनिबार पनि निषेधित क्षेत्र तोड्ने प्रयास भएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा

नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि…

रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक

Techie IT