Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित)

राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित)

झिनो सम्भावना, भयानक चुनौती


काठमाडौं । अहिले जताततै एउटै चर्चा छ– नेपालमा राजसंस्था फर्केला कि नफर्केला ? चिया पसलदेखि सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममा समेत यो विषयले अत्यधिक ठाउँ ओगटेको छ । चौतारी र विसौनीदेखि संसदमा समेत यहीं विषयले हंगामा मच्चाएको छ । राजावादीहरु भनिरहेका छन्– अब देश जोगाउनका लागि राजतन्त्र फर्काउनुको विकल्पै छैन । राजाले मुख नखोलुन्जेल के होला के भन्ने थियो, अब त राजानै अघि बढेपछि संसारको कुनै पनि तागतले रोक्न सक्दैन । देशमा राजा फर्कने दिन टाढा छैन ।

त्यस्तै, गणतन्त्रवादीहरुको बेग्लै तर्क छ । उनीहरु भनिरहेका छन्– चिहानमा जलाइसकिएको राजतन्त्र फेरि फर्कने सम्भावना नै छैन । राजाले यस्तै पारा देखाए उनीलाई अहिले पूर्वराजाको हिसाबमा दिइएको
सुविधा पनि खोसिन्छ । तर, राजतन्त्र फर्कने सम्भावना छैन ।

हुन पनि हो, नेपालमा राजतन्त्र फल्नकै लागि भनेर निकै ठूला आन्दोलन भए । हज्जारौंको ज्यान गयो । र, आन्दोलनकै बलमा स्थापना भएको गणतन्त्र १५ वर्ष पुगेपछि झन् तगडो हुनपर्ने थियो । तर, नेताहरुको अकर्मण्यताका कारण गणतन्त्र झन्पछि झन् लुलो भयो । त्यसकै कारण फेरि राजतन्त्र पुनःस्थापनाको मुद्दाले बजार तातेको छ ।

यतिसम्म कि अहिले आमनागरिक पनि भन्न थालेका छन्– एउटै देशमा सयौं राजा हुनुभन्दा एउटै राजा ठिक ! बरु राजाको पालामा शन्ति र अमनचयन थियो । देशको नागरिक हुनुको शान थियो । अहिले दलहरुले देश खोक्रो बनाए ।

हो, अहिले नागरिकमा राजनीतिक दलप्रति व्यापक आक्रोश छ । गणतन्त्र स्थापना भएपछि जुन हिसाबमा देशले समृद्धिको लय समात्नुपर्ने थियो, त्यो भएन । उल्टै दलहरु एकले अर्कोलाई आरोप लगाएर पन्छने खेलमा मात्रै लागे । भ्रष्टाचार बढ्यो, देशमा रोजगारीको अवसर सिर्जना भएन । आर्थिक सूचकहरु झनपछि झन् ओरालो लाग्न थाले । तब जनतामा निराशा बढ्यो । जनतामा बढेको त्यहीं निराशाको जगमा राजतन्त्रवादीहरुले ठूलो अवसर देख्न थाले । र, अनेक अभियानका नाममा राजतन्त्रवादी मुभमेन्ट अघि बढ्यो, बढिरहेको छ ।

हुनतः पहिलो संविधानसभादेखि नै राप्रपाले राजतन्त्रको पक्षमा मत मागिरहेको छ । तर, मन्त्री हुन पाउँदा गणतन्त्र पनि स्वीकार्ने राप्रपाका नेताहरुकै कारण राजावादी मुभमेन्ट कमजोर भएको थियो । जब राप्रपाको नेतृत्वमा राजेन्द्र लिंदेन आए, तब अहिले मुभमेन्टले गति लियो । अझ पछिल्लो समयका विवादित व्यवसायी दुर्गा प्रसाईंले समेत राजाको पक्षमा अभियान चलाएपछि माहोल झन् गर्मायो ।

फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्र शाहले ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीहरु नराम्ररी हौसिए । र, पूर्वराजा शाह पोखराबाट फर्कने क्रममा फागुन २५ गते राजावादीहरुले भव्य स्वागत गरे । उक्त स्वागत र्यालीमा भएको नागरिक उपस्थितिले धेरैको ध्यान खिच्यो । र, अहिलेको सर्वत्र चर्चा यहीं छ ।

ल, नेपालमा राजाको पक्षमा व्यापक जनलहर आयो रे ! अन्तर्राष्ट्रिय परिस्थिति पनि नेपालमा राजतन्त्र फर्काउनका लागि तयार भयो रे ! तर, नेपालमा राजसंस्था फर्कन्छ चाहिँ कसरी ? यसबारे धेरैलाई ज्ञान नहुनसक्छ । भन्न त, दुर्गा प्रसाईंहरु भन्छन्– म राजालाई हातमा समातेर नारायणहिटी छिराउँछु । कुन पुलिसले रोक्दो रहेछ, हेरौंला ! प्रसाईंको यस्तो भनाइबाटै कोही राजावादी हौसिन्छन् । उनीहरुलाई लाग्दो हो– ज्ञानेन्द्र शाह नारायणहिटी छिरेर श्रीपेज लगाएपछि राजातन्त्र फर्कन्छ ।

यतिसम्म कि अहिले आमनागरिक पनि भन्न थालेका छन्– एउटै देशमा सयौं राजा हुनुभन्दा एउटै राजा ठिक ! बरु राजाको पालामा शन्ति र अमनचयन थियो । देशको नागरिक हुनुको शान थियो । अहिले दलहरुले देश खोक्रो बनाए ।

तर त्यसरी राजतन्त्र फर्कने होइन भन्ने कुरा उनीहरुलाई बुझाउन जरुरी छ । राजतन्त्रै फर्कने नै हो भने पनि यसका निश्चित प्रक्रिया हुन्छ । विश्वमा एकपटक फालेको राजतन्त्र फेरि पुनस्थापना भएका नजीरहरु छन् । त्यसकै आधारमा पनि कतिपयले राजतन्त्र फर्कने वा फर्काउने सपना देखेका होलान् ! अरु देशमा जे–जे भए पनि नेपालमा राजतन्त्र फर्कियो भने फर्कने चारवटा बाटा छन् । तीमध्येको एक हो– अहिलेका प्रमुख दलहरुले नै राजाको अपरिहार्यता स्वीकारेर अर्थात् विगतमा राजासँग भएको भनिएको सम्झौता कार्यान्वयन गरेर ।

हो, अहिले बजारमा एउटा चर्चा छ– तत्कालीन समयमा राजाले दलहरुसँग एउटा सम्झौता गरेका थिए । सम्झौताअनुसार नै अब नेपालमा राजतन्त्र फर्कन्छ । हुन त अहिलेसम्म त्यस्तो केही सम्झौता भएको हो कि होइन भन्ने कुरा स्पष्ट छैन । पूर्वराजा शाहले करिब एक दशकअघि पत्रकार प्रेम बानियाँसँग गरेको कुराकानीमा ‘दलहरुसँग एउटा महत्वपूर्ण कागज आदान–प्रदान भएको’ भनेका छन् । जुन कुरालाई राजनीतिक दलका नेताहरुले स्वीकारेका छैनन् । तर, पूर्वराजाले भनेजस्तै दलहरुबीच निश्चित समयमा राजतन्त्र फर्काउने सहमति भएको हो र त्यसका लागि अहिलेका प्रमुख दलका नेताहरु सहमत भए भने सजिलै राजतन्त्र फर्कनसक्छ । तर, यो सम्भावना छैन । किनकि, राजनीतिक दलका नेताहरुको अभिव्यक्ति सुनेर प्रष्ट भन्न सकिन्छ– अहिलेका प्रमुख दलहरुः नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र राजतन्त्र फर्काउन कुनै हालतमा सहमत छैनन् ।

नेपालमा फेरि राजसंस्था फर्कनसक्ने अर्को बाटो हो– नेपाली सेनाले कब्जा गरेर पूर्वराजालाई जिम्मा लगाउने । तर, अहिलेको परिस्थिति त्यो ढंगले विकास भएको छैन । त्यस्तै, आन्दोलनको उभार बढेर अहिलेका दलहरुलाई हायलकायल बनाउने । दलहरुले हार स्वीकार्ने र सेनाले पनि साथ दिने अवस्था आयो भने पनि राजसंस्था फर्कनसक्छ । र, चौथो विकल्प भनेको अहिलेको संविधानअनुसार चुनाव लडेर संसदमा दुईतिहाइ मत ल्याएर व्यवस्थानै उल्ट्याउने ! तर पहिलेको परिवेशमा उल्लेखित चारवटै विकल्प असम्भवप्रायः छ ।

 

किनकि, राजतन्त्र पुनःस्थापनाका लागि राजावादी भनिएका शक्तिहरु नै एक छैनन् । यतिसम्म कि, राजावादी राजनीतिक दल राप्रपाभित्रै पनि विवाद छ । फागुन २५ गतेको जुलुशबाट हौसिएका राजावादीबीच देखिनेगरी नै फाटो आइसकेको छ । हिजो राजा फाल्न भनेर बन्दुक बोकेका दुर्गा प्रसाईं जस्ता स्वार्थी व्यवसायीले राप्रपा र राप्रपा नेपाललाई ‘ढोक्सा थाप्न आएको’ भनेर आरोप लगाए । राजावादी आन्दोलनका बनाइएको समितिनै अहिले अतिविवादित बनेको छ । पूर्वराजाले रोजेका नवराज सुवेदीलाई राजावादीहरुले नै रुचाएनन् । समग्रमा अहिले राजावादीभित्र बढेको लफडा चानचुनेखाले छैन ।

हेर्नुहोस् भिडिओ

कुरा राजावादीहरु एक हुने कि नहुने भन्नेमा मात्रै छैन । मुख्य कुरा त राजावादीहरुसँग कुनै दमदार तर्क नै छैन । अहिलेका दलहरुले केही गरेनन् भनेर राजाको पक्षमा जनमत बढाउन खाजे पनि उनीहरुसँग ‘राजा ल्याएपछि के हुन्छ ?’ भन्ने कुनै कुरा छैन ।

नेपालमा राजतन्त्र हुँदाको अवस्था पनि सुखद थिएन । यति जर्जर इतिहास छ कि, राज परिवारभित्र शासन गर्नकै लागि भएका भयानक हत्याका शृंखला डरलाग्दा छन् । उनीहरु राजनीतिक दल र नागरिकप्रति यति अनुदार थिए कि, त्यो भनिसाध्य छैन । निरङ्कुशताको पराकाष्ठा नै थियो । तै पनि अहिले मान्छेहरु ‘राजा चाहियो’ भनिरहेका छन् । यसको एक मात्र कारण यो हो कि, राजनीतिक दलहरुले जनअपेक्षाअनुसार काम गरेनन् । र, राजनीतिक दलप्रति चरम वितृष्ठा फैलियो ।

त्यसैले अब राजतन्त्र फर्कने कुरा त त्यति सम्भव नहोला तर राजनीतिक दलहरु नसच्चिने हो भने स्थितिले जुनकुनै मोड लिनसक्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

पहिला चुनाव जितेको गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला चुनाव जितेको गोरखा– २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् ।

ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ ।

अब बिजुलीको तारमुनिको जग्गाको पनि कित्ताकाट हुने, किनबेच गर्न सजिलो…

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । सरकारले भूउपयोग

Techie IT