Techie IT
Friday, January 2, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने

सरकारले ‘फास्ट ट्रयाक’बाटै अध्यादेश पारित गर्ने


काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यही माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट अध्यादेश पारित गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, राष्ट्रपतिबाट जारी भएको अध्यादेश संसद सचिवालयमा दर्ता भएको छ, अध्यादेश कार्यान्वयन गर्न नियमावली बनाउने निर्णय गरेको छ ।

आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्दै मन्त्री गुरुङले सुशासन प्रवद्र्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गरे । बैठकले विभिन्न कार्यक्रम गरी ‘सहिद दिवस’ मनाउने समेत निर्णय गरेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT