Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित

अझै सुल्झेन अखिल क्रान्तिकारीको विवाद, मतगणना अनिश्चित


काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा विवाद हुँदा काठमाडौंमा मतगणना सुरू हुन सकेको छैन । शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ । तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन ।

काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो । त्यहाँ ५२२ मत खसेको छ । मतदान सकिएर गणना सुरू गर्ने छलफल क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकिमा थन्किएको हो ।

आइतबार पनि मतणना सुरू नभएपछि निर्वाचन समितिले अर्को सूचना जारी गरी सोमबार मध्याह्न १२ बजेदेखि मतगणना सुरू हुने जानकारी गराएको थियो । तर सोमबार पनि मतगणना सुरू हुन सकेन । भूगोलका सात प्रदेशको गणना हुँदा अध्यक्षमा विजय प्रकाश सापकोटा र हेमन्त राईबीच कडा टक्कर देखिएको छ । सापकोटा ४८५ र राईले ४६१ मत ल्याएका छन्।

त्यस्तै उपदेश यादवले २२१ र सुदिन पौडेलले १४४ मत प्राप्त गरेका छन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT