Techie IT
Monday, January 5, 2026 | आईतबार, पुस २०, २०८२
२०८२ पुस २०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअनुसन्धान अधिकारीको निष्कर्ष: गोर्खा मिडियाको जन्मनै सहकारीको रकमबाट, मुख्य योजनाकार रवि लामिछाने

अनुसन्धान अधिकारीको निष्कर्ष: गोर्खा मिडियाको जन्मनै सहकारीको रकमबाट, मुख्य योजनाकार रवि लामिछाने


काठमाडाैं । रास्वपा सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने जोडिएको बुटवलको सुप्रिम सहकारी अनियमितता प्रकरणमा अनुसन्धान गरेका अधिकारीहरूले उक्त मिडियाको जन्म नै अवैध ढंगबाट भएको निष्कर्ष पेश गरेका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा मुद्दा दायर गर्ने क्रममा पेश अभियोग पत्रमा लामिछाने २०७७ पुसदेखि २०७९ असारसम्म प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क विभिन्न सहकारी संस्थाहरूबाट बचत रकम हिनामिनाबाट प्राप्त रकमबाट सञ्चालित भएको देखिएको भन्दै त्यसको परिणाम पनि गलत नै हुने भनिएको छ ।

संगठित ठगीमा लामिछानेको संलग्नता पुष्टि गर्न अधिकारीहरूले ‘फ्रुट अफ द पोइजनस ट्री’ सिद्धान्त उल्लेख गरेका छन् । अभियोग पत्रमा सहकारीको रकमबाट खडा भएको गोर्खा मिडिया नेटवर्कमा गएर गरेको आर्थिक कारोबार, श्रीमती निकिता पौडेल समेतलाई भएको भुक्तानी, चेकमा गरिएका हस्ताक्षर, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरणलगायतलाई मुख्य आधार मान्दै लामिछानेले संगठित रूपमा सहकारीको बचत रकम अपचलन गरेको पुष्टि हुने भनिएको छ ।

साथै, लामिछानेविरुद्ध उनको कार्यकालमा सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको ८ करोड ३३ लाख ६ हजार रुपैयाँबराबर बिगो असुल गराउनुपर्ने माग दाबी अदालतमा पेश गरिएको छ । प्रहरीले रवि लामिछाने प्रबन्ध निर्देशक नियुक्त हुनुअगावै गोर्खा मिडिया नेटवर्कको खाता सञ्चालक रहेको र कम्पनी छाडिसकेपछि पनि ७१ लाख ८० हजार बराबरको कारोबार गरेको तथ्यसमेत फेला पारेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा

नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि…

रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक

Techie IT