Techie IT
Thursday, January 1, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररविविरुद्ध सहकारीभन्दा सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो

रविविरुद्ध सहकारीभन्दा सम्पत्ति शुद्धीकरणको मुद्दा बलियो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी भएको छ ।

पाँच जिल्लाबाट मुद्दा चल्ने भए पनि सबैभन्दा पहिला कास्की जिल्ला अदालतमा मुद्दा दायर हुँदै छ । उनका विरूद्धमा सहकारी ठगी र संगठित अपराधमा भन्दा बलियो मुद्दा सम्पत्ति शुद्धीकरणको अभियोगमा हुने भएको छ । किनभने, प्रहरीले रवि र उनकी श्रीमतीको खातामा २१ करोड रूपैयाँ गैरकानुनी स्रोतबाट जम्मा भएको फेला पारेको छ ।

रवि र निकिताको बैंक खातामा अस्वाभाविक कारोबार देखिएको कारण यही मुद्दाले रविको राजनीतिक भविष्यमा ठूलै धक्का लाग्ने देखिएको अनुसन्धान अधिकारीहरू बताउँछन् । स्रोतअनुसार, पछिल्लो ४ वर्षमा ग्लोबल आईएमई र सिद्धार्थ बैंकमा रहेको रविको खाता तथा नेपाल बैंक र सिद्धार्थ बैंकमा रहेको निकिताको खातामा कुल २१ करोड ४० लाख ४२ हजार रूपैयाँबरबारको कारोबार देखिएको छ ।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार स्वर्णलक्ष्मी, सहारा, सुप्रिम, सूर्यदर्शन र सानोपाइला सहकारीबाट गोरखा मिडियामा पुगेको करोडौं रकम परिचालनको अधिकार पाएका रविले श्रीमती निकिता पौडेलको बैंक खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको भेटिएको छ । रविले निकिताको नाममा गोरखा मिडियाको नामको चेक काटेर दिएको पनि प्रमाण पनि भेटिएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

Techie IT