Techie IT
Saturday, January 3, 2026 | शनिबार, पुस १९, २०८२
२०८२ पुस १९, शनिबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रयसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?

यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ?


काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सरकार ढाल्ने नियत’का साथ सुरु गरेको आन्दोलन अन्ततः तुहिएको छ । पार्टीभित्रको आन्तरिक किचलो र नेताहरुबीच प्रतिष्ठाको लडाइँ चुलिएपछि रास्वपाको उक्त आन्दोलन तुहिएको हो ।

भन्न त रास्वपाले उपनिर्वाचनमा केन्द्रित हुनेगरी आन्दोलनको स्वरुप फेरेको भनेर कार्यकर्ताको आँखामा छारो हालिरहेको छ । तर, कुनै विचार र एजेण्डाबाट प्रेरित नभएका कारण नै रास्वपाको आन्दोलन यतिछिट्टै सेलाएको हो । मूलतः सहकारी ठगी प्रकरणमा पक्राउ परेका आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भनेर जनताको मन जित्ने रास्वपाको प्रयास असफल भएको हो । यसले रास्वपाको अपरिपक्व र अदुरदर्शी राजनीतिक चरित्रलाई झन् छर्लङ्ग पारेको छ ।

प्रष्ट छ कि, रवि लामिछाने कुनै राजनीतिक आन्दोलनका क्रममा पक्राउ परेका होइनन् । रास्वपाले जबरजस्त ‘प्रतिशोध’को लेप लगाएर रवि पक्राउलाई राजनीतिक रंग दिन खोजे पनि सचेत नागरिकले पत्याउनेवाला छैनन् अर्थात् पत्याएनन् । किनकि, रवि सहकारी ठगीमा पक्राउ परेका हुन् र उनीमाथि संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान भइरहेको छ । तर, रास्वपाले नीलो क्रान्तिकै नाम दिएर आन्दोलन गर्यो ।

न्यायालयलाई प्रभावित नपार्ने पनि भन्ने अनि रविलाई बयानका लागि जहाँ–जहाँ लग्यो, त्यहाँ–त्यहाँ पुगेर आन्दोलन गर्दा रास्वपालाई हेर्ने जनताको नजर विग्रँदै गएको थियो । सोही कारण रास्वपाभित्र पनि किचलो बढेको थियो । जुन कुरा बुधबारको केन्द्रीय समिति बैठकबाट छर्लङ्ग भयो ।

आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने धारणा राखेका थिए ।

केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो । बैठकमा पार्टी सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यले सडकमा विरोध प्रदर्शनको महत्त्व कम हुने बताएका थिए ।

त्यस्तै केन्द्रीय सदस्य गणेश कार्कीले पनि सडक प्रदर्शनको पक्षमा आफू नरहेको भन्दै सामाजिक सञ्जाललगायतबाट आवाज उठाउनुपर्ने प्रस्ताव राखेका थिए । बैठकमा रास्वपाका केही नेताहरूले रवि लामिछानेमा मात्रै केन्द्रित हुने कि पार्टी निर्माणमा अगाडि बढ्ने भनी प्रश्न पनि गरेका थिए ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी

२३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

Techie IT