Techie IT
Tuesday, November 4, 2025 | सोमबार, कात्तिक १७, २०८२
२०८२ कात्तिक १७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

प्रसाईंको पक्षमा आन्दोलन चर्काउन पूर्वराजाको उर्दी

तर, राजावादी संगठनहरुनै प्रसाईंको विपक्षमा


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा एमालेले टिकट नदिएपछि राजावादी भएका, मनलाग्दी बोलेर र सरकारको विरोध गरेर चर्चामा आएका र व्यवसायमा अतिविवादित छवि बनाएका दुर्गा प्रसाईं मंगलबार दोस्रोपटक पक्राउ परे । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली कागजात बनाएर आममानिसमा भ्रम छर्न खोजेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । र, उनीविरुद्ध साइबर अपराधको मुद्दा चलाइएको छ ।

कम्बोडियाको एक दूरसञ्चार कम्पनीमा प्रधानमन्त्री ओलीले अर्बौ लगानी गरेको नक्कली कागजात बनाएर दुष्प्रचार गरेको प्रमाणित भएपछि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो । विगतदेखिनै पक्राउ परेर नागरिक सेन्टिमेन्ट बटुल्न प्रयास गरिरहेका प्रसाईं एक हिसाबले सफल भएका छन् । तर, उनको अनुमान थियो कि– आफ्नो पक्राउविरुद्ध हज्जारौं मानिस सडकमा उत्रनेछन् र सरकार गल्नेछ ।

उनले उनले कुप्रचारवाला सामग्री सार्वजनिक गर्नेबित्तैकै सामाजिक सञ्जालमा लेखे– यो सरकारले मलाई जुनकुनै बेला पक्राउ गर्न सक्छ, तपाईंहरुले आन्दोलनको आँधिवेहरी ल्याउनू ! त्यस्तै पक्राउ पर्दै गर्दा पनि उनले भने– ‘मैले भ्रष्टाचार गरेको छैनँ, भ्रष्टाचारीविरुद्ध बोल्दा सरकारले पक्राउ गर्यो ।’ त्यसो भनिरहँदा उनले बुझेनन् कि त्यसरी देशका प्रधानमन्त्रीको नक्कली कागजात बनाएर दुष्प्रचार गर्नु पनि भ्रष्टाचार नै हो ।

जे होस्, प्रसाईं पक्राउ परेका छन् । उनीबारे प्रहरीले गहिरो अनुसन्धान गर्ला । अदालतबाट एउटा फैसला आउला । तर, यहाँ रोचक कुरा यो छ कि, प्रसाईं पक्राउको विरोधमा पूर्वराजा ज्ञानेन्द्र शाहले समेत आन्दोलन गर्न आन्तरिक रुपमा उर्दी जारी गरेको खुलेको छ । पूर्वराजा शाहले केही राजावादी संगठनका प्रमुखहरुलाई प्रत्यक्षरुपमै प्रसाईंको पक्षमा आन्दोलन चर्काउन आग्रह गरेको खुलेको छ । तर, ती संगठनका प्रमुखहरुले आफ्नो हैसियत नमिल्ने भन्दै पूर्वराजाको प्रस्तावलाई अस्वीकार गरेको बुझिएको छ । यससँगै ७ गते हुने भनिएको सरकारविरोधी प्रदर्शन पनि अन्योलमा परेको छ ।

प्रसाई त एक पात्र मात्रै हुन्, पछिल्लो समय स्वतन्त्रको नाममा राजवादीहरुको रगरगी बढिरहेको छ । अहिले केही राजावादीहरू यस्तो सोच्दैछन् कि, स्वतन्त्र हुनु भनेकै राजाको पक्षमा जनमत बढ्नु हो । दललाई गाली गर्ने सबै मान्छेलाई राजावादी देखेर राप्रपा पनि मख्ख पर्छ । अनि राजा पनि मुख मिठ्याउँदै देवीथानहरू चहार्न थाल्छन् । अहिले यस्तो भएको छ कि– जसले पुराना दललाई ज्यादै सराप्न जान्यो वा सक्यो, उ नै देशप्रेमी जस्तो ! ‘दलका पालामा भन्दा त राजाकै पालामा विकास भएको थियो’ भन्ने मान्छे खतरनाक विश्लेषक जस्तो ! ‘अब जे गर्छ, स्वतन्त्रले गर्छ– पुराना दलका दिन गए’ भनेर चिच्याउने मान्छे भविष्यद्रष्टा जस्तो ! भाषा र लय मिलाएर फटङफटङ बोल्न जान्ने मान्छे नै ‘तीन करोड नेपालीका एकमात्र प्रतिनिधि’ जस्तो !

पूर्वराजा वा राजावादीहरू चाहिरहेका छन् कि– दिन दुगुणा, रात चौगुणा स्वतन्त्रको पक्षमा लहर उठोस् । अनि त्यसले दलीय व्यवस्था ढालेर निर्दलीय राजतन्त्रात्मक व्यवस्था ल्याइदेओस् ! जनतालाई पनि परेको छ कि, राजाको पालामा त व्यापकै भएको थियो, अब पनि राजतन्त्र आयो भने त एकाध वर्षमै देशले काँचुली फेर्छ । यस्तै भ्रमको खेतीलाई मीठो बोलेर मलजल गरिरहेका छन्– रवीन्द्र मिश्र र ज्ञानेन्द्र शाही हरू ।

कोही राजावादीहरू बालेनलाई सिंहसनमा राखेको ट्रोल बनाएर आनन्द लिइरहेका छन् । कोही रविलाई भगवान् भनेर पूजाकोठामा सजाइरहेका छन् । कुनै अदृश्य शक्तिले चामत्कारिक ढंगमा विकासको बहार ल्याइदेओस् भनेर कल्पना गर्नेहरू नै स्वतन्त्रलाई उचालिरहेका छन् । र, उनीहरूकै आडमा दलीय व्यवस्था ध्वस्त भएको हेर्न चाहिरहेका छन् ।

परम्परागत दलले देशको अवस्था र जनअपेक्षाअनुसार काम नगरेको सत्य हो । अनेक बहानामा जनतामाथि खेलेको पनि सत्य हो । तर, यो देशमा दलले भन्दा राजाले राम्रो गरेका थिए भन्ने भ्रम फैलाउने छुट कसैलाई छैन । यो देशलाई यसरी यति धेरै पछाडि पार्नुमा राजा र राणाहरूकै हात छ । एकाध राजमार्ग बनेको देखाएर दलीय व्यवस्थालाई सराप्ने छुट लोकतन्त्रले नै दिएको हो ।

सयौं वर्ष शासन गर्दा कतै पुल त कतै स्कुल बनाइए होलान् । त्यो ठूलो कुरा होइन । सारमा, समाजमा वर्ग निर्माण गरी विभेदलाई संस्थागत गर्नेबाहेक राजा र राणाले केही गरेनन् । यो नै सच्चाइ हो । त्यसैले दलले गलत गरे भन्दैमा राजा ठीक भन्नै सकिन्न । किनकि, तरकारीमा नुन चर्को भयो भन्दैमा दिसा ठीक त भन्न भएन नि !

स्वतन्त्रवालाहरूमा पनि राजाकै झल्को आउन थालेको छ । ‘अदालत र प्रशासनलाई मान्दिनँ’ भन्छन् बालेन । भक्तीगान गाउनेबाहेकलाई देखिसहन्नन् रवि ! रविभक्तको झन् खतरनाक प्रवृत्ति छ– भगवानको स्तुति नगाउनेलाई श्रद्धाञ्जलि दिइहाल्ने ! यसरी स्वतन्त्रमा बढ्दो ‘राजावाला फिलिङ्स’, राजावादीमा बढेको रगरगी र जनतामा हुर्किरहेको भ्रम खतरनाक छ ।

त्यसैले, अहिले शासन गरिरहेका वा अहिलेको व्यवस्था ल्याउन संघर्ष गरेका दलहरू आरोप–प्रत्यारोपभन्दा माथि उठेर मुलुकको हितमा एकजुट नहुने हो भने राजनीतिमा निर्मम दुष्परिणामको सामना गर्न तयार हुनुपर्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि…

काठमाडौं । बालेनको समर्थनमा कुलमान घिसिङक नयाँ पार्टी खोल्ने निश्चित भएको छ । बालेन र कुलमान पनि रास्वपामै मिसिएर अघि

रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद…

पाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा

अमेरिकी राष्ट्रपति ट्रम्पले सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न…

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सैन्य नेतृत्वलाई आणविक हतियार परीक्षण सुरु गर्न निर्देशन दिएपछि अन्तर्राष्ट्रिय राजनीति पुनः तरंगित

अटेन्सनका लागि बालेनले अपनाए पुरानै विधि, सात दिनपछि काठमाडौंमा डोजर…

काठमाडौं । पछिल्लो समय चौतर्फी विवादमा पर्न थालेपछि काठमाडौंका मेयर बालेन साहले अटेन्सनका लागि पुरानै विधि अपनाएका छन् । विवादलाई

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

जेनजी प्रदर्शनको क्षति बुझ्न गएका जाँचबुझ आयोगका सदस्यलाई सुुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले…

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न कञ्चनपुर पुगेका जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारीलाई सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले

Techie IT