गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै रुपन्देहीबाट कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रविलाई पोखरा पठाइँदै स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक २९ गते, १२:४९ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका व्यवसायी कुमार रम्तेललाई काठमाडौं ल्याइएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, समानता बचत तथा ऋण सहकारी संस्थाका सचिव र स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष रहेका रम्तेललाई सहकारी ठगीमै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा रूपन्देहीबाट काठमाडौं ल्याइएको हो । रम्तेलले सूर्यदर्शनका तत्कालीन अध्यक्ष जीबी राईले आफूलाई कोषाध्यक्ष बनाइदिएको बयान दिएका थिए । जीबीसँगको सहकार्यबारे रम्तेलले नेचर नेष्ट प्रालिमा २०७४ सालदेखि बजार व्यवस्थापकको रूपमा नियुक्ति भएको बताउँदै आएका छन् । यसै सिलसिलामा नेचर नेष्ट प्रालीका कार्यकारी अध्यक्ष जीबीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिमा कोषाध्यक्ष पदमा राखिदिएको बयान रम्तेलको छ । सुप्रिम बचत तथा ऋण सहकारी संस्था पनि आफूलाई जानकारी नगराई सचिव बनाइएको उनको दाबी छ । यस्तै, सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि. वीरगञ्ज, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा समेत थाहै नदिईकन कोषाध्यक्ष बनाइएको बयान रम्तेलले यसअघि नै सहकारी ठगी विशेष छानबिन समितिमा दिएका थिए । सोही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई भने रुपन्देहीबाट पोखरानै पठाउने बुझिएको छ । #कुमार रम्तेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर… नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् । जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ४ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ७ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की