Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसानो भर्‍याङबाट पक्राउ परे दीपक मनाङे

सानो भर्‍याङबाट पक्राउ परे दीपक मनाङे


काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंको सानो भर्‍याङबाट पक्राउ परेका छन् ।

प्रहरीले मनाङेलाई आज पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो ।

दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए ।

उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्‍यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग ९प्रयास० गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्‍यो ।

सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

Techie IT