गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने स्वर्णपत्र सोमबार, २०८१ कात्तिक २६ गते, १२:२५ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र १५ औं महाधिवेशनको चर्चा शुरू भएसँगै वरिष्ठ नेता डा. शेखर कोइराला पार्टीको आन्तरिक राजनीतिमा सशक्त बन्दै गएका छन् । १४औं महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका शक्तिशाली नेताहरू कोइरालासँग नजिकिएसँगै कोइराला समूह थप बलियो बनेको हो । विधानअनुसार २०८२ मंसिरमा कांग्रेसको १५औं महाधिवेशन हुनुपर्नेछ । कांग्रेसको विधानबमोजिम २ कार्यकाल सभापति भइसकेका देउवा फेरि उम्मेदवार हुन पाउँदैनन् । त्यसो हुँदा देउवा निकटमा धेरै नेताहरूले अर्को महाधिवेशनमा नेता छान्ने बताएका छन् । संस्थापन समूहका प्रभावशाली नेता केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले समेत आगामी पार्टी नेतृत्वमा डा. शेखर कोइरालाका पक्षमा उभिने संकेत गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका सांसद बस्नेतको प्रभाव कांग्रेसको आन्तरिक संगठनमा राम्रै मानिन्छ । १४औं महाधिवेशनको पहिलो चरणमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि, कल्याण गुरुङसहित ५ जना सभापतिका उम्मेदवार थिए । त्यस बेला रामचन्द्र–शेखर समूहका नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र रामचन्द्र पौडेलमात्रै नभई कोइराला परिवारकै सदस्यहरू पूर्वमहामन्त्री शशांक कोइराला र नेता सुजता कोइरालाले समेत देउवालाई साथ दिएपछि शेखरले हार बेहोर्नुपरेको थियो । #कांग्रेस महाधिवेशन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन ७ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद