Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकालीकोटमा बोलेको दुर्घटना: सात जनाको मृत्यु, १३ घाइते

कालीकोटमा बोलेको दुर्घटना: सात जनाको मृत्यु, १३ घाइते


काठमाडौं । कालीकोटमा क्षमताभन्दा तेब्बर बढी यात्रु बोकेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । आइतबार भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै र एकको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १३ जना घाइते छन् ।

पलाता गाउँपालिका–३ राडुनेटामा बोलेरो दुर्घटना भएको हो । दुई वर्षअघि ट्र्याक खुलेको सडकमा उकालो चढ्न नसक्दा बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो । उक्त बोलेरो खिनबाट पलाता जाँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार कर्णाली १ ज ५६ नम्बरको उक्त बोलेरो ५ यात्रु सिट पास भए पनि चालकसहित २० जना सवार थिए ।

प्रहरीका अनुसार दुर्घटनामा पलाता–६ की दशकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही, पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय चालक धनीराम रावतको मृत्यु भएको छ ।

घाइते यात्रुका अनुसार ओभरलोड बोलेरो साँघुरो सडकमा उकालो चढ्न नसकी ‘ब्याक’ भएर तल खसेको हो । बोलेरोभित्र १० जना र पछाडि १० जना यात्रु सवार रहेको घाइते भूपेन्द्र रोकायाले बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

Techie IT