Techie IT
Saturday, December 27, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारी ठगीमा रविपत्नी निकिता पनि मुछिइन्, यस्तो छ कारण

सहकारी ठगीमा रविपत्नी निकिता पनि मुछिइन्, यस्तो छ कारण


काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेमाथि प्रहरी अनुसन्धान भइरहेको छ । यसैबीच लामिछानेकी पत्नी निकिता पौडेल पनि सहकारी ठगीमा संलग्न भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका छन् ।

काठमाडौं महानगरपालिकाले गरेको एक अनुसन्धानलाई आधार बनाएर सञ्चारमाध्यमले लेखेका समाचारअनुसार निकिता पौडेलले सहकारीको ४ करोड ५९ लाख ५३ हजार २ सय ३२ रुपैयाँ अपचलन गरेकी छिन् ।

यसअघि पनि साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएपछि निकिता पौडेलले ‘उपाध्यक्ष पदबाट राजीनामा दिइसकेको र राजीनामासमेत स्वीकृत भएको’ तर्क गर्दै आफ्नो संलग्नता अस्वीकार गर्दै आएकी थिइन् । तर प्रतिवेदनले भने निकिता अझै पनि सहकारीको उपाध्यक्ष नै रहेको ठहर गरेको छ ।

सहकारीले बचत फिर्ता नगरेको भन्दै २०८० असार २ मा काठमाडौँ महानगरपालिकामा बचतकर्ताहरूले उजुरी दिएपछि भएको अनुसन्धानले सहकारीमा रहेको चार करोड बढी रकम अपचलन भएको खुल्यो । र, उक्त अपचलनमा निकिता समेत जिम्मेवार देखिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

पहिला चुनाव जितेको गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला चुनाव जितेको गोरखा– २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् ।

ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ ।

अब बिजुलीको तारमुनिको जग्गाको पनि कित्ताकाट हुने, किनबेच गर्न सजिलो…

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । सरकारले भूउपयोग

Techie IT