गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रहरीले सवारीचालकलाई अनावश्यक दुख दिएको भन्दै सर्वोच्चमा रिट दायर प्रहरीले सवारीचालकलाई अनावश्यक दुख दिएको भन्दै सर्वोच्चमा रिट दायर स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, १४:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रहरीले सवारी चालक अनुमति पत्र र सवारी धनी प्रमाणपत्र गैरकानुनी तरिकाले नियन्त्रणमा लिने गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवेदक विवेक चौधरीले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा प्रहरीले कानुनी सीमा नाघेको दाबी गरिएको छ । रिटमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ को उल्लङ्घन गर्दै प्रहरीले लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको उल्लेख छ । कानुनले जरिवाना गर्न सक्ने अधिकार दिए पनि लाइसेन्स वा ब्लुबुक नियन्त्रणमा लिन प्रहरीलाई कुनै अधिकार नदिएको चौधरीले दाबी गरेका छन् । निवेदनमा संविधानको धारा १६ र १७ उल्लङ्घन भएको दाबी गरिएको छ । धारा १६ ले ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र धारा १७ ले ‘स्वतन्त्रताको हक’ प्रत्याभूत गरेको बताइएको छ । निवेदकले कानुनको शासनको माग गर्दै उक्त कार्यको न्यायिक पुनरावलोकनको माग गरेका छन् । रिट १ कात्तिक २०८१ मा पेस गरी बुधबार दर्ता भएको हो । सर्वोच्च अदालतले चौधरीलाई बिहीबारको पेशीमा उपस्थित हुन बोलाएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि… रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद