Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन

सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन


काठमाडौं । सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा पाँच दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रविको बयान लिइरहेको छ । मुख्यगरी सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । तर रविले भने आफू गोरखा मिडियामा पुग्दा सहकारीको रकम भित्रिसकेको बयान दिएका छन् ।

यसैगरी आफू कामदार भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष जितेन्द्र बाबु राई (जीबी)ले लिनुपर्ने उनको भनाइ छ । मिडियाका तत्कालीन प्रबन्ध निर्देशन रहेका रविको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रविका पार्टनर छविलाई कास्की प्रहरीले बयान लिइसकेको छ ।

सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिलाई सूर्यदर्शन सहकारीका कोषाध्यक्ष मदनकुमार रम्तेलले दिएको बयानअनुसार पनि रविमाथि लगाइएका आरोपबारे प्रहरीले सोधेको थियो । रम्तेलले सहकारीको रकम बैंकमा जम्मा गरेका व्यक्ति रवि नै हुन् भन्ने बयान दिएका थिए ।

प्रहरीको प्रश्नमा रविले सहकारीको आफू सदस्य नभएको र त्यो अवस्थामा आफूले ऋण लिने कुरा नभएको बयान दिएका छन् । ग्यालेक्सीमा रहँदा कम्पनीको नाफा र घाटाको विश्लेषण नगरी धमाधम किन चेक काटेको ? भनेरसमेत प्रहरीले रविसँग प्रश्न गरेको थियो । रविले प्रशासनिक जिम्मेवारीमा रहेकाले कर्मचारीलाई तलब, सुविधा र अन्य प्रशासनिक खर्चको चेक आफूले काटेको बयान दिएका छन् ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा रविलाई पक्राउ गरिएको हो । प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ । जुन भोलि सकिँदै छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

Techie IT