Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रचौतारा बजारमा बजार अनुगमन तीव्र

चौतारा बजारमा बजार अनुगमन तीव्र


काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ।  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा व्यवसायीलाई कारबाही गरिएको हो।

व्यवसायीबाट १५ हजार रुपैयाँ जरिबाना असुल गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ। पटकपटक कानुनी प्रक्रिया पूरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दासमेत बजार अनुगमन समितिको अवज्ञा गर्दै आएकाले जरिवाना गरिएका जिल्ला बजार अनुगमन समितिले जनाएको छ । त्यस्तै, चौतारा नगरपालिकाले गरेको छड्के अनुगमनमा म्याद गुज्रिएको सामग्रीहरू फेला पारेका छन् ।

चौतारा बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको चाउचाउ, चकलेट, पेयपदार्थ र सुर्तीजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ। अनुगमन समितिले पसलमा देख्ने गरी मूल्यसूची राख्न, साइनबोर्ड राख्न, व्यवसायको दर्ता९नवीकरण गर्न, मदिरा व्यवसायीलाई इजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाइ गर्न निर्देशन दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT