Techie IT
Thursday, January 8, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवर्षाका कारण देशैभरका सडक अवरुद्व

वर्षाका कारण देशैभरका सडक अवरुद्व


काठमाडौं । बिहीबार रातिबाट परेको भारी वर्षाले देशैभरका दर्जनौं सडक अवरुद्ध भएका छन् । करोडौं रुपैयाँको क्षति भएको छ। गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालका अनुसार पाँच प्रदेशका विभिन्न ठाउँमा भारी मात्रामा वर्षा भएको छ। वर्षाका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १७ वटा राजमार्गका विभिन्न सडकहरू पूर्णरूपमा अवरुद्ध भएका छन्। मध्यपहाडी लोकमार्ग, तमोर करिडोर, कान्ति लोकपथ, भीमफेदी सिस्नेरी, बीपी राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्गमा पर्ने सडकखण्ड अवरुद्ध भएका हुन्।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता विनोद घिमिरेका अनुसार नागढुंगा–काठमाडौं सडकमा हिलोसहितको पहिरो जाँदा शुक्रबार दिनभर सडक अवरुद्ध भयो। बाटो खुलाएर एकतर्फी गाडी सञ्चालन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

जल तथा मौसम विभाग महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। झापाको अनारमनिमा २०३ मिलिमिटर र चन्द्रगढी विमानस्थलमा २६० मिलिमिटर पानी परेको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT