Techie IT
Friday, January 2, 2026 | शुक्रबार, पुस १८, २०८२
२०८२ पुस १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजिबी राईसहित सहकारी अपचलनमा २९ जना फरार सूचीमा

जिबी राईसहित सहकारी अपचलनमा २९ जना फरार सूचीमा


सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएसँगै समितिले फरार रहेका २९ जनाको नामसमेत सार्वजनिक गरेको छ। विभिन्न सहकारीमा रही फरार रहेका २९ जनाको नाम सार्वजनिक गरेको हो।

प्रतिवेदनको अनुसूची ७ मा फरार रही समितिमा उपलब्ध नभएका सहकारीका सञ्चालकहरू उपस्थित गराउन भन्दै सरकारलाई निर्देशन समेत दिइएको थियो। तर उनीहरू सम्पर्कमा आएनन् ।

स्वर्णलक्ष्मी सहकारीका गितेन्द्रबाबु जिबी राई, मितेरी बचत तथा ऋण सहकारी संस्थाकी सञ्चालक ज्योथी गुरुङ, सुमेरू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन, सरला महर्जन, निमित्तराज श्रेष्ठ फरार रहेको प्रतिवेदनमा उल्लेख छ। साहारा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक दिनेश रोक्का, सूर्यदर्शनका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखरका तेजबहादुर बम्जन लगायत २९ जना फरार छन्।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT