Techie IT
Friday, January 2, 2026 | शुक्रबार, पुस १८, २०८२
२०८२ पुस १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो

प्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो


काठमाडौं । पैसा नतिरेपछि लाइन काटिएका उद्यागमा बिजुली जोड्ने कि नजोड्ने भन्ने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरणबीच ठूलै रस्साकस्सी भयो । अन्नतः सरकारी निर्देशनमा प्राधिकरणले उद्योगमा लाइन पनि जोडिदियो ।

र अहिले विद्युत् प्राधिकरणले २० दिनमा मात्रै महसुल नतिर्ने २१ हजार सर्वसाधारणको घरमा बिजुलीको काटेको छ । जसमा न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिर्न नसक्ने ग्राहक पनि छन् ।

तथ्यांकअनुसार चरम लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् प्रयोग गरेका ५६ उद्योगले पटक–पटक ताकेता गर्दा पनि आठ अर्ब २५ करोड ७५ लाख बक्यौता तिर्न अझै अटेर गरिरहे । र, विद्युत् प्राधिकरणले लाइन काट्दा सरकारसमेत उनीहरूको पक्षमा उभिएको थियो । यो विषय संसद्को लेखा समितिमा विचाराधीन छ  ।

३० रुपैयाँ तिर्न नसक्ने सर्वसाधारणको घरमा पनि नियमअनुसार लाइन काटेको प्राधिकरणले अब अर्बौँ बक्यौता नबुझाउने उद्योगमा चाहिँ लाइन काट्ने कि नकाट्ने भन्दै विद्युत् नियमन आयोगलाई पत्रसमेत लेखेको छ । गत शुक्रबार आयोगमा दर्ता भएको पत्रको जवाफ भने आएको छैन । गत साउनमा ६ उद्योगमा लाइन काटेको प्राधिकरण नियमन आयोगकै लिखित निर्देशनमा बक्यौता नअसुली लाइन जोडिदिन बाध्य भएको थियो ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT