Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनौ वर्षपछि खुल्यो धरहरा, निःशुल्क चढ्न पाइने

नौ वर्षपछि खुल्यो धरहरा, निःशुल्क चढ्न पाइने


काठमाडौं । नौ वर्षअघि भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुलेको छ । संविधान दिवसको अवसर पारेर आजदेखि सर्वसाधारणका लागि पनि धरहरा खुलाइएको हो ।

सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क रूपमा चढ्न पाउनेछन् । प्रत्येक घण्टा एक सयजनाले धरहरा चढ्न टिकट पाउनेछन् । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार बिहीबारदेखि प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन् ।

६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धृवृद्धाका लागि छुट्याइएको छ । धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डट कम डट जिओबी डट एनपी नामक वेबसाइट खोलेको छ । वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ ।

प्राविविधक समस्याका कारण वेबसाइट नखुलेमा जसले पहिले टिकट लिन्छ, उसलाई प्राथमिकता दिएर धरहरा चढ्न दिइने अधिकारीले बताए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षअघि २०७८ वैशाखमा धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

Techie IT