Techie IT
Wednesday, December 31, 2025 | बुधबार, पुस १६, २०८२
२०८२ पुस १६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारी मिलेमतोमै जिबीलाई मलेसिया भगाएको खुलासा

सरकारी मिलेमतोमै जिबीलाई मलेसिया भगाएको खुलासा


काठमाडौं । सरकारी निकायको मिलेमतोमा नै सहकारी ठगीका आरोपित जिबि राईलाई मसिसेया भनाइएको खुलासा भएको छ । किनकि, रोक्का गरेको एक सातामै उनको पासपोर्ट फुकुवा भएको तथ्य फेला परेको छ ।

सरकारी निकायले नचाहने हो भने रोक्का भएको पासपोर्ट एक सातामै फुकुवा हुन सम्भवै छैन । राईको राहदानी गत वर्ष असार २० मा रोक्का गरिएको थियो । उक्त राहदानी फेरि असार २८ मा फुकुवा गरिएको भेटिएको छ । राईको राहदानी फुकुवा हुँदा गृहमन्त्री थिए, माओवादीका नारायणकाजी श्रेष्ठ । तर श्रेष्ठले यसबारे आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

त्यस्तै, राहदानी रोक्का र फुकुवाको पत्र लेख्दा सहकारी विभागको रजिस्ट्रारमा नमराज घिमिरे र अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारी थिए । राहदानी फुकुवा भएपछि राई २०८० साउन ११ मा साँझ मलेसिया गएका थिए ।

त्यसको एक महिनापछि अर्थात् २०८० भदौ १० को राति उनी नेपाल फर्किए । त्यसयता उनी हवाई यात्रामार्फत विदेश गएको विवरण अध्यागमनसँग छैन । हाल मलेसियामा रहेको भनिएका राई सडक मार्ग हुँदै भारत पसेको र त्यहाँबाट मलेसिया पुगेको अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

Techie IT