Techie IT
Thursday, January 8, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारीको बयानबीच रविले किन भेटे ओली र देउवा

सहकारीको बयानबीच रविले किन भेटे ओली र देउवा


काठमाडौं । सहकारीको बचत रकम ठगी प्रकरणमा छानबिनका लागि बनेको संसदीय विशेष समिति र कास्की प्रहरीलाई बयान दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेट गरेको खुलेको छ ।

केही दिनअघि लामिछानेले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापतिन देउवासँग छुट्टाछुट्टै भेटेर सहकारी ठगी प्रकरणमा कुराकानी गरेका हुन् । सहकारीको रकम ठगी गरेको आरोप लागेका लामिछानले भदौ ७ गते संसदीय विशेष समितिमा पुगेर नौ घण्टा बयान दिएका थिए । त्यसको तीन दिनपछि कास्की प्रहरीले काठमाडौंमै आएर लामिछानेसँग बयान लिएको थियो ।

समिति र प्रहरी दुवैमा बयान दिएपछि पूर्ववर्ती सरकारमा गृहमन्त्रीसमेत रहेका लामिछानेले ओली र देउवालाई भेटेर आफ्ना कुरा राखेका हुन् । कास्की प्रहरीले बयान लिनुअघि लामिछानेले चितवन पुगेर सरकारप्रति ठुलै आक्रोश पोखेका थिए । प्रहरीले गोर्खा मिडिया नेटवर्क प्रालिको कार्यालयमा खानतलासी गरी लामिछानेलाई बयानका लागि फोन गरेपछि उनले आफूलाई थुनेर देखाउन चुनौती दिएका थिए ।

प्रहरीलाई बयान दिएको कुरा सार्वजनिक नहुँदै उनले ओली र देउवासँग भेटघाट गरेका हुन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT