Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमलामीविहीन बन्यो सिन्धुलीको तीनपाटन, महिलाले थापे काँध

मलामीविहीन बन्यो सिन्धुलीको तीनपाटन, महिलाले थापे काँध


काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । सिन्धुलीस्थित तीनपाटन गाउँपालिका– ७ मा एउटी महिलाले शव बोकेको र अरु कोही पनि मलामी नदेखिएको उक्त तस्वीर भाइरल भएको हो ।

वडाध्यक्ष युवराज पहाडीले फेसबुकमार्फत मलामी जाँदै गरेको दुईवटा तस्वीर सार्वजनिक गरेका छन् । जसमध्ये एउटामा उनी आफैंले शव बोकेका छन् भने अर्कोमा एउटी महिलाले शव बोकेकी छिन् । र, शवको पछाडि एकजनामात्रै मान्छे हिँडिरहेको देखिन्छन् ।

वडाध्यक्ष पहाडीले उक्त तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी राजनिती गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा ! मलामीसम्म जाने मान्छे छैन । अनि अर्को कुरा, हाम्रो समाज कुन संस्कार मान्दै छौं ? मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसंग सारै लज्जित छु । तीनपाटन गाउंपालिका वडा नं ७ बस्ने कृष्ण माया पहाडी आमाको स्वर्गमा बास होस् ! हार्दिक श्रद्धाञ्जली ।’

वडाध्यक्ष पहाडीका अनुसार आइतबार स्थानीय ६५ वर्षीया कृष्णमाया पहाडीको कालगतिले मृत्यु भएको हो । र, गाउँ ठूलै भए पनि मृतक पहाडीको शव बोक्ने तथा मलामी जाने मान्छेको अभाव भयो । यसको मुख्य कारण चाहिँ गाउँमा मान्छे नभएर मलामीको अभाव भएको होइन, जातीय विभेद प्रमुख समस्या हो ।

वडाध्यक्ष पहाडीका अनुसार उक्त ठाउँमा ७, ८ घरमात्रै पहाडी अर्थात् बाहुनहरु छन् । वरिपरि सबै दलित तथा जनजाति छन् । बाहुनको शवलाई दलित तथा जनजातिले छुन हुँदैन भनेपछि गाउँमा शव बोक्ने मान्छेकै अभाव भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT