Techie IT
Friday, December 26, 2025 | शुक्रबार, पुस ११, २०८२
२०८२ पुस ११, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारलाई प्रचण्डका प्रश्नैप्रश्न

सरकारलाई प्रचण्डका प्रश्नैप्रश्न


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई निकै गम्भीर आरोप लगाउँदै प्रश्नहरु सोधेका छन् । मंगलबार संसद बैठकमा बोल्दै प्रचण्डले सरकारलाई अनेक प्रश्न गरेका हुन् ।

उनले विद्युत प्राधिकरणले उठाउन बाँकी करिब २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौतीसमेत दिएका छन्।

‘प्रधानमन्त्रीले ९ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महशुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन,जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो,ु अध्यक्ष प्रचण्डले प्रश्न गरे,‘प्राधिकरणलाई आफ्नो काम आफै गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’, प्रचण्डले सरकारलाई प्रश्न गरेका छन् ।

३१ वैशाख, २०७५ मा ट्रंकलाइन र डेडीकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न सुरु स्मरण गराउँदै उनले भने, ‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीनतीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रिपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’

पैसा उठाउनु त परको कुरा, लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रिपरिषद्बाटै सात दिने स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै उनले अहिले पानीमाथिको ओभानो हुनु राम्रो नहुने बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने

काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् ।

पहिला चुनाव जितेको गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला चुनाव जितेको गोरखा– २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् ।

ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ ।

अब बिजुलीको तारमुनिको जग्गाको पनि कित्ताकाट हुने, किनबेच गर्न सजिलो…

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । सरकारले भूउपयोग

Techie IT