Techie IT
Friday, January 2, 2026 | शुक्रबार, पुस १८, २०८२
२०८२ पुस १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रन्यूरोडमा सडक विभाग र महानगरबीच घम्साघम्सी, स्थिति तनावग्रस्त

न्यूरोडमा सडक विभाग र महानगरबीच घम्साघम्सी, स्थिति तनावग्रस्त


काठमाडौं । फुटपाथ विस्तारको विषयलाई लिएर काठमाडौंको न्यूरोडमा सडक विभाग र महानगरबीच घम्साघम्सी भएको छ । फुटपाथ विस्तारका लागि महानगरले भत्काएको सडकमा विभागले पिच गर्न खोजेपछि सोमबार दुई पक्षबीच घम्साघम्सी भएको हो ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि काटेको सडकमा सोमबार बिहानैदेखि सडक विभागअन्तर्गत सडक डिभिजन काठमाडौंले सडक कालोपत्र गरिरहेको थियो। नगर प्रहरीले कालोपत्रे रोक्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो ।

सडक विभागबाट अनुमति नै नलिई न्यूरोडका सडक काटिएको भन्दै सडक विभाग र महानगरबीच केही समयदेखि टसल देखिएको थियो।

सोमबार दुई पक्षबीच तनाव हुने देखिएपछि न्यूरोड क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी खटाइएको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT