गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रधानमन्त्री ओलीले ‘हराएका वर्षहरु’का प्रकाशलाई भेट्ने प्रधानमन्त्री ओलीले ‘हराएका वर्षहरु’का प्रकाशलाई भेट्ने स्वर्णपत्र मंगलबार, २०८१ भदौ ११ गते, ११:४३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाको ‘हराएका वर्षहरू’ अंकका पात्र प्रकाश तामाङसित भेट्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले युट्युव ट्रेण्डिङको एक नम्बरमा रहेको उक्त कथाका पात्र प्रकाशलाई भेट्ने चाहना व्यक्त गरेका हुन् । सामाजिक सञ्जालमा प्रकाशलाई भेट्ने चाह गर्दै उनले भनेका छन्, ‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ’हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।’ उनले अझै भनेका छन्, ‘सोचें– यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !’ #प्रधानमन्त्री केपी शर्मा ओली तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ४ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ७ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ८ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए