Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदोरम्बा पहिरो: छ जनाको शव भेटियो, चारजना अझै बेपत्ता

दोरम्बा पहिरो: छ जनाको शव भेटियो, चारजना अझै बेपत्ता


काठमाडौं । रामेछापको दोरम्बामा खसेको पहिरोमा पुरिएर मृत्यु भएका ६ जनाको शव फेला परेको छ । शैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेकखर्कमा खसेको पहिरोले पुरिएको अवस्थामा घटनास्थलबाट शव निकालिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चण्डिका श्रेष्ठ, १८ महिने बालक आमुस श्रेष्ठ, उर्मिला पहरी, सन्दीप पहरी, विज्ञान पहरी, सन्तोष पहरीको शव पहिरोबाट निकालिएको हो ।

पहिरोमा पुरिएका चारजना बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ । पहिरोमा फड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, बिन्दा पहरी बेपत्ता छन् । पहिरोमा परेर घाइते अवस्थामा अञ्जना पहरीको उद्धार गरिएको छ ।

यता बाढीले रामेछाप र दोलखाको सिमानामा रहेको मिल्ती खोलाको पुलमा समेत क्षति पुर्याएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT